सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

जेनजी पुस्ताका नाममा ७३ करोड रुपैयाँ ऋण बाँडिने

बिहीबार , जेठ १५ २०८२
जेनजी पुस्ताका नाममा ७३ करोड रुपैयाँ ऋण बाँडिने

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेनजी पुस्ताका नाममा ७३ करोड रुपैयाँ ऋण बाँड्ने नीति लिएका छन्। ३ प्रतिशत ब्याजदरमा उक्त ऋण दिन लागिएको बजेटमा उल्लेख गरिएको छ। 

जेनजी पुस्तामा नवप्रवर्तनमा आधारित भएर स्टार्टप प्रवर्द्धनमा उक्त सहुलितपूर्ण ऋण घोषणा गरिएको हो। बैंक तथा वित्तीय संस्थालाई थप समस्या पार्नेगरी सरकारले बजेटमार्फत यस्तो नीति अगाडि सारेको छ।

सरकारले जथभावी कर्जाका प्राथमिकताहरु तोक्दा यसअघि नै बैंक तथा वित्तीय संस्थाहरु समस्यामा छन्। थप समस्या ल्याउने नवप्रवर्द्धनका नाममा सरकारले कर्जा वितरणको नीति बजेटमार्फत अगाडि सारेको छ।

यसअघि सरकारले बिनाधितो शैक्षिक कर्जा, सहुलितपूर्ण कर्जा जस्ता कर्जा वितरणको कार्यक्रमलाई व्यापकरुपमा अगाडि बढाएको थियो। 


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend