काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै उक्त घाेषाणा गरेका हुन्।
वृद्धावस्था, अपांगता, एकल महिला, बालबालिका, दलितलगायत लक्षित समूहका लागि प्रदान गरिने सामाजिक सुरक्षा भत्ता व्यवस्थापनका लागि उक्त रकम छुट्याइएको हाे।
सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउँदै न्यून आय वर्गको जीवनस्तर उकासिने उद्देश्य लिएको छ।