शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

लगानीकर्तालाई जग्गा दिन उदार नीति ल्याउने सरकारको घोषणा, नेपालीलाई विदेशमा लगानी लैजान आंशिक खुला गर्ने

images
बिहीबार , जेठ १५ २०८२
images
images
लगानीकर्तालाई जग्गा दिन उदार नीति ल्याउने सरकारको घोषणा, नेपालीलाई विदेशमा लगानी लैजान आंशिक खुला गर्ने

आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणबाट सरकारले उद्योग तथा व्यवसायमा लगानी आकर्षित गर्नका लागि व्यापक सुधारको घोषणा गरेको हो।

images
images

काठमाडौं- मुलुकको अर्थतन्त्र लगानीको अभावले गर्दा समस्यामा पर्दै गएको स्वीकार गर्दै सरकारले लगानी आकर्षित गर्नका लागि रुढीवादी नीतिमा व्यापक सुधार गर्ने घोषणा गरेको छ।

images
images
images

आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणबाट सरकारले उद्योग तथा व्यवसायमा लगानी आकर्षित गर्नका लागि व्यापक सुधारको घोषणा गरेको हो।

images
images

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले उद्योग तथा व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नका लागि अहिलेसम्म अवरोधक सावित भइसकेका नीतिमा संशोधन गर्ने घोषणा गरेका हुन्।

images
images
images

जग्गा प्राप्तिमा अहिले देखिएको व्यवस्थामा हेरफेर गर्ने उनले घोषणा गरेका छन्। हदबन्दीभन्दा माथिको जग्गा प्राप्तिमा लचिलो नीति लिने पनि उनले घोषणा गरेका छन्।

अहिले निश्चित उद्योग तथा व्यवसाय तोक्ने र त्यसमा पनि अनुमति लिन निकै झन्झटिलो व्यवस्था रहेको छ। यसलाई अब सहज बनाएर उदार नीति लिने बजेटबाट घोषणा गरिएको छ। भूमिसम्बन्धीको ऐन तथा नियमनबाट यसमा सुधार गर्ने उनले घोषणा गरेका छन्।

त्यस्तै, सरकारी जग्गालाई लिजमा दिन सहज र सुलभ बनाइने तथा औद्योगिक क्षेत्रको जग्गाको भाडामा छुट दिने सरकारले घोषणा गरेको छ। विशेष आर्थिक क्षेत्रमा उद्योगलाई आकर्षित गर्नका लागि भाडामा बम्पर छुट दिने घोषणा सरकारले गरेको छ।

त्यस्तै, लगानीकर्तालाई उत्प्रेरित गर्नका लागि आंशिक शसर्त रुपमा नेपालीलाई विदेशमा लगानी लिन दिने सरकारले घोषणा गरेको छ। विशेषगरी निर्यातमूलक उद्योग सञ्चालन गर्नेहरूले कुल निर्यातको २५ प्रतिशत रकम लगानीका लागि विदेश लैजान दिने तर त्यस्तो लगानीको प्रतिफलको ५० प्रतिशत स्वदेश फिर्ता गर्नुपर्ने छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend