सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले 'पोलिसी फेलोसिप' दिने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
images
images
इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले 'पोलिसी फेलोसिप' दिने 

फेलोसिप पाउनेहरुले मन्त्रालयकै अधिकारीहरुको मेन्टरसिपमा काम गर्ने छन्। 

images
images

काठमाडौं- नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले पोलिसी फेलोसिप दिने भएको छ। 

images
images

कम्पनीले सार्वजनिक नीति निर्माणमा सहयोग पुग्नेगरी दायित्व नेपाल मार्फत यस्तो फेलोसिप दिने भएको हो। तथ्यमा आधारित नीति निर्माण गर्नका लागि सहयोगी हुने अध्ययन अनुसन्धानका लागि कम्पनीले सहयोग गर्ने भएको छ। 

images
images

यसका लागि कम्पनीले दायित्व नेपालसँग सम्झौता गरेको छ। सम्झौतामा वर्ल्डलिंकका तर्फबाट अध्यक्ष दीलिप अग्रवाल र दायित्व नेपालका अध्यक्ष डा पुकार मल्लले हस्ताक्षर गरेका छन्। 

images
images
images

सम्बन्धित सरकारी निकायको समेत सहभागीता हुनेगरी दायित्व नेपाल नीतिगत फेलोसिपका लागि बिहीबार दुई संस्थाबीच सम्झौता भएको हो। 

लगानीमा पहुँच, युवा रोजगरी, महिलाको आर्थिक शसक्तिकरण, मुल्य श्रृंखला र शासन सुधार लगायतका विषयवस्तुमा फेलोसिप दिइने छ। यस्तो फेलिसिप दिंदा खुला प्रतिस्पर्धा गरिने छ। 

फेलोसिप पाउनेहरुले मन्त्रालयकै अधिकारीहरुको मेन्टरसिपमा काम गर्ने छन्। 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८०८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend