काठमाडौं- सरकारले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा रोक लगाउने भएको छ।
२०८२ मंसिर १ देखि ४० माइक्रोनभन्दा कमका प्लास्टकका झोला प्रयोगमा प्रतिबन्ध लगाउने बजेटमार्फत घोषणा गरिएको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।