शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

औद्योगिक पूर्वाधार विकासमा एक अर्ब ५५ करोड, नेपाललाई लगानीका लागि उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य

images
बिहीबार , जेठ १५ २०८२
images
images
औद्योगिक पूर्वाधार विकासमा एक अर्ब ५५ करोड, नेपाललाई लगानीका लागि उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य

उद्योग स्थापनाका क्रममा देखिने कानूनी जटिलता समाधान गर्न जग्गा प्राप्ति र हदबन्दीसम्बन्धी कानुन पुनरावलोकन गरिने उनले जानकारी दिए। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य बजेटमा लिइएको छ।

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा औद्योगिक पूर्वाधार विकास, वैदेशिक लगानी प्रबर्द्धन र पेट्रोलियम अन्वेषणका लागि विशेष कार्यक्रमहरू घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटअनुसार औद्योगिक पूर्वाधार विस्तारका लागि १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

images
images
images

उद्योग स्थापनाका क्रममा देखिने कानूनी जटिलता समाधान गर्न जग्गा प्राप्ति र हदबन्दीसम्बन्धी कानुन पुनरावलोकन गरिने उनले जानकारी दिए। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य बजेटमा लिइएको छ।

images
images

लगानी प्रबर्द्धनलाई थप सशक्त बनाउन लगानी बोर्ड नेपालका लागि ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै, निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाइने अर्थमन्त्रीले स्पष्ट गरे।

images
images
images

ऊर्जामा आत्मनिर्भरता हासिल गर्न पाल्पा, सुनसरी र दाङ जिल्लामा पेट्रोलियम पदार्थको अन्वेषण गरिनेछ। यसका लागि पूर्वतयारी र सम्भाव्यता अध्ययन अगाडि बढाइनेछ। सरकारले 'हरेक थोपा विश्वासको' नारासहित बौद्धिक सम्पत्ति संरक्षणलाई सुदृढ बनाउन कानूनमा आवश्यक सुधार गर्ने पनि घोषणा गरेको छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend