काठमाडौं- सरकारले देशभर सञ्चालनमा रहेका आन्तरिक विमानस्थल विकासका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ।
कांग्रेस सभापति शेरबहादर देउवाको गृह जिल्ला डडेलधुरादेखि उदयपुरमा विमानस्थल निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन गरिने जनाइएको छ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो उल्लेख गरेका हुन्।