शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

स्टार्टपलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा, ७३ करोड बजेट विनियोजन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
images
images
स्टार्टपलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा, ७३ करोड बजेट विनियोजन
images
images

काठमाडौं- सरकारले नवप्रवर्तनमा आधारित स्टार्टप व्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ।

images
images
images

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टप प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरेका छन्।

images
images

उनका अनुसार स्टार्टप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ। उक्त कार्यक्रमका लागि सरकारबाट ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

images
images
images

अर्थमन्त्री पौडेलले नवप्रवर्तनशील सोच राख्ने जेन-जी पुस्तालाई लक्षित गर्दै स्टार्टपहरूलाई प्राथमिकता दिइने स्पष्ट पारे। उनले उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता प्राप्तिका लागि युवामुखी कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गरे।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend