सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

चालु आवको बजेट खर्च ८९.४ प्रतिशतमा सीमित हुने, राजस्व १७.१ प्रतिशत वृद्धि हुने अनुमान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
चालु आवको बजेट खर्च ८९.४ प्रतिशतमा सीमित हुने, राजस्व १७.१ प्रतिशत वृद्धि हुने अनुमान

काठमाडौं- सरकारको अनुमान अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुनेछ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवको बजेट कार्यान्वयनको संशोधित विवरण पेश गरेका हुन्। उनका अनुसार चालु आवमा सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा वर्षअन्त्यसम्म १६ खर्ब ६२ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको छ।

संशोधित अनुमानअनुसार चालु खर्चतर्फ ८८.५ प्रतिशत बजेट खर्च हुनेछ भने पूँजीगत खर्चको कार्यान्वयन दर ८३ प्रतिशतमा सीमित रहनेछ। वित्तीय व्यवस्थापनतर्फको खर्च भने उच्चस्तरको देखिएको छ, जसको कार्यान्वयन ९७.६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

अर्थमन्त्री पौडेलका अनुसार चालु आवमा राजस्व परिचालनमा १७.१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। विगतका वर्षहरूमा बजेट खर्चमा देखिएको न्यून कार्यान्वयन दर दोहोरिन सक्ने अवस्था रहेकाले आर्थिक अनुशासन र कार्यक्षमता वृद्धिको आवश्यकतामा उनले जोड दिएका छन्।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend