काठमाडौं- ४५ वटा सार्वजनिक संस्थानमध्ये १० वटा औद्योगिक क्षेत्रतर्फका रहेका छन्। यी क्षत्रेका १० वटै संस्थानको वित्तीय अवस्था नाजुक छ। आर्थिक वर्ष २०८०/०८१ मा १० वटै संस्थान घाटामा सञ्चालन भएको छ।
दुग्ध विकास संस्थान- घाटा २३ करोड २२ लाख रुपयाँ र हालसम्मको सञ्चित नोक्सान २ अर्ब ८७ करोड ८३ लाख
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी- घाटा ४ करोड ६६ लाख र हालसम्मको सञ्चित नाफा २२ करोड ४१ लाख रुपैयाँ
हेटौँडा सिमेन्ट- घाटा ३३ करोड ४२ लाख र हालसम्मको सञ्चित नोक्सानी १ अर्ब ५० करोड ६४ लाख
जनकपुर चुरोट- घाटा २२ लाख र हालसम्मको सञ्चित नोक्सानी २ अर्ब ९० करोड ७० लाख
नेपाल औषधी लिमिटेड - घाटा ८ करोड ८९ लाख र हालसम्मको सञ्चित नोक्सानी २ अर्ब ६ करोड ६६ लाख
उदयपुर सिमेन्ट- घाटा १८ करोड २१ लाख र हालसम्मको सञ्चित नोक्सानी ६ अर्ब ४ करोड ५ लाख
नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट- घाटा ५१ करोड ७९ लाख र हालसम्मको सञ्चित नोक्सानी ५ अर्ब १६ करोड ५१ लाख
बुटवल धागो कारखाना- घाटा ३ करोड ३९ लाख र हालसम्मको सञ्चित नोक्सानी २ अर्ब ३ करोड ७३ लाख
नेपाल मेटल कम्पनी- घाटा ६१ लाख र हालसम्मको सञ्चित नोक्सानी १३ करोड ३५ लाख
धौवादी फलान कम्पनी- घाटा १० लाख र सञ्चित नाफा ३० लाख रुपैयाँ