शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गरिँदै [लाइभ]

images
बिहीबार , जेठ १५ २०८२
images
images
आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गरिँदै [लाइभ]

संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गरिरहेका हुन्।

images
images

काठमाडौं- आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस भइरहेको छ।

images
images
images

संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरिरहेका हुन्। 

images
images

नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ। 

images
images
images

यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ। राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्‍मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend