सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

आन्तरिक स्रोतले धान्न थालेपछि वैदेशिक सहायता परिचालनको हिस्सा घट्दै, चालु आर्थिक वर्ष भने १३.८ प्रतिशतले बढ्यो

बिहीबार , जेठ १५ २०८२
आन्तरिक स्रोतले धान्न थालेपछि वैदेशिक सहायता परिचालनको हिस्सा घट्दै, चालु आर्थिक वर्ष भने १३.८ प्रतिशतले बढ्यो

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा वैदेशिक सहायता परिचालन १३.८ प्रतिशतले बढेको उल्लेख गरिएको छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वैदेशिक सहायता परिचालन ७४ अर्ब ६३ करोड पुगेको उल्लेख गरिएको छ। जसमा ६५ अर्ब ७४ करोड वैदेशिक ऋण र ९ अर्ब १६ करोड वैदेशिक सहायता प्राप्त भएको बताइएको छ। गत वर्षको यसै अवधिको तुलनामा यस्तो प्राप्ति ९.६ प्रतिशतले बढेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

यद्यपी पछिल्लो वर्षहरुमा भने वैदेशिक सहायता प्राप्तिमा कमी आउन थालेको छ। आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब १ करोड वैदेशिक अनुदान र १ खर्ब १३ अर्ब रुपैयाँ वैदेशिक ऋण गरी कुल १ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै वैदेशिक सहायता प्राप्त भएको थियो।

कुल गार्हस्थ उत्पादनमा वैदेशिक सहायताको अनुपात यस वर्ष २.४ प्रतिशत मात्रै रहेको छ। पछिल्लो वर्षमा आन्तरिक स्रोत परिचालनको हिस्सा बढ्दै गएकाले बाह्य स्रोत परिचालनमा कमी आएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

आठौँ योजनामा वैदेशिक सहायताको हिस्सा ३९.७ प्रतिशत रहेकोमा पन्ध्रौँ योजनाको अवधिमा आइपुग्दा २०.१ प्रतिशतमा झरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। 


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend