काठमाडौं- सार्वजनिक संस्थाहरुको लाभांशमा ठूलो गिरावट आएको छ।
सार्वजनिक संस्थानबाट सरकारलाई आर्थिक वर्ष २०७९/०८० मा १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड मात्र प्राप्त भएको छ।
कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशतमात्रै रहेको छ।