शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड पुग्यो

images
बिहीबार , जेठ १५ २०८२
images
images
सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड पुग्यो

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भइ ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

images
images

काठमाडौं- सार्वजनिक संस्थानको कुल सम्पत्ति २.२ प्रतिशतले बढेर आर्थिक वर्ष २०८०/८१ सम्म २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ।

images
images
images

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा संस्थानहरुको समग्र अवस्था, उपलब्धि, सञ्चालनको चुनौती र सुधारका क्षेत्रजस्ता विषयलाई समेटेर 'सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२' पेस गरेका हुन्।

images
images

नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्। जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन्।

images
images
images

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भइ ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ  रहेको छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend