सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

चितवनको राप्तीमा बर्डफ्लू देखियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
images
images
चितवनको राप्तीमा बर्डफ्लू देखियो

थप शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ।

images
images

चितवन- चितवन राप्तीमा बर्डफ्लू रोगको सङ्क्रमण पुन: देखिएको छ। राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।

images
images

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौं पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो।

images
images

उक्त फर्ममा दुई हजार कुखुरा  छन्। उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए। फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ। शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उनले जानकारी दिए।

images
images
images

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, माघ २८ २०७८०७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend