शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

बाढीले क्षति पुगेको रोशी अस्पताल पुनःनिर्माण

images
बिहीबार , जेठ १५ २०८२
images
images
बाढीले क्षति पुगेको रोशी अस्पताल पुनःनिर्माण

नवनिर्मित संरचनासहित औषधिलगायतका सामाग्री पनि ‘डब्लुएचओ’ले सहयोग गरेको हो। संघीय सरकारको ६ करोड ५ लाख २४ हजार बजेटद्वारा रोशी-१ मा निर्माण अन्तिम चरणमा पुगेको १० श्ययाको आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो।

images
images

काभ्रेपलाञ्चोक- यहाँको रोशी गाउँपालिकामा गतसाल असोजको बाढीले बगाएको १० श्ययाको रोशी आधारभूत अस्पताललाई हाल पाँच श्ययाको अस्पताल पुनःनिर्माण गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आर्थिक सहयोगमा निर्माण भएको उक्त संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत रोशी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।

images
images
images

नवनिर्मित संरचनासहित औषधिलगायतका सामाग्री पनि ‘डब्लुएचओ’ले सहयोग गरेको हो। संघीय सरकारको ६ करोड ५ लाख २४ हजार बजेटद्वारा रोशी-१ मा निर्माण अन्तिम चरणमा पुगेको १० श्ययाको आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो।

images
images

त्यसयता ‘टेन्ट’बाट सेवा प्रदान गर्दै आइएको थियो। रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हाल अस्थायी रुपमा अस्पताल निर्माणका साथै स्वास्थ्य सामग्रीसमेत प्रदान गरेकामा आभार प्रकट गरेका छन्। उनका अनुसार उक्त अस्पतालले गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का साथै छिमेकी नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने छन्।

images
images
images

अध्यक्ष लामाले १० श्ययाको अर्को सुविधायुक्त अस्पताल निर्माणका लागि सम्बन्धित निकायमा प्रक्रिया थालिने बताए। डा. डब्लुएचओका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी रावपाण्डबले नेपालको स्वास्थ्य क्षेत्रमा संस्थाले सहयोग गरिरहेको र आगामी दिनमा पनि सरकारसँग साझेदारी गर्दै अगाडी बढ्ने बताए।

बढीपहिरोले गाउँपालिकामा निर्माण सम्पन्न भएका अस्पतालसहित तीन ठूला ‘गौरव’का आयोजना पूर्णरुपमा क्षति पुगेको थियो। बाढीपहिरोले रोशी-११ स्थित कालढुंगामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने १४ करोड रुपैयाँ लागतमा निर्माण भएको ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको ९ डायमिटरको डम्फु बगाएकाे थियाे।

त्यस्तै सङ्ग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा रोशी खोलाले बगाएको थियो। सङ्ग्रहालय हाताभित्र करिब दुई करोड रुपैयाँमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको थियो।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा ६ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो। ४ सय ८२ घर पूर्णरुपमा तथा ८ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो। गाउँपालिका कार्यालयको तथ्यांकअनुसार बाढीपहिरोले दुई हजार ५ सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ १५ २०८२११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend