सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

बैंक तथा वित्तीय संस्थाले ५ लाखसम्म विद्युतीय माध्यमबाट ऋण दिनसक्ने

विद्युतीय भुक्तानी सेवाप्रदायक मार्फत दिन पाउने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
images
images
बैंक तथा वित्तीय संस्थाले ५ लाखसम्म विद्युतीय माध्यमबाट ऋण दिनसक्ने

बैंकहरूले यसरी ऋणको प्रक्रिया अपनाउँदा आफ्नै माध्यम वा भुक्तानी सेवाप्रदायकलाई पनि एजेन्टको रुपमा नियुक्त गर्नसक्ने भएका छन्। 

images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई विद्युतीय माध्यमबाट ऋण दिनसक्ने भएका छन्। 

images
images

नेपाल राष्ट्र बैंकले विद्युतीय वित्तीय कारोबारलाई विस्तार तथा भरोसायोग्य बनाउनका लागि भन्दै विद्युतीय माध्यमबाट कर्जा दिने सम्बन्धी कर्जा कार्यविधि जारी गरेको छ। 

images
images

क देखि ग वर्ग सम्मका बैंक तथा वित्तीय संस्थाहरूले वेबसाइट, मोबाइल एप तथा भुक्तानी सेवाप्रदायकहरूको प्लेटफर्मबाट ऋणको आवेदन लिने, स्वीकृत दिनसक्ने भएका छन्। 

images
images
images

यसरी ऋण दिँदा बैंक तथा वित्तीय संस्थाहरूले सोही बैंकमा नियमित आम्दानी खाता भएकाहरूलाई पाँच लाख र अरुलाई २ लाखसम्म ऋण दिनसक्ने छन्। यस्तो ऋणको अवधि बढीमा तीन वर्षको हुने छ। 

बैंकहरूले यसरी ऋणको प्रक्रिया अपनाउँदा आफ्नै माध्यम वा भुक्तानी सेवाप्रदायकलाई पनि एजेन्टको रुपमा नियुक्त गर्नसक्ने भएका छन्। 

यो व्यवस्थाले भुक्तानी सेवाप्रदायक कम्पनीहरूले पनि बैंकसँग साझेदारी गरेर आफ्ना प्रयोगकर्तालाई बढीमा पाँच लाखसम्मको ऋण दिनसक्ने छन्। यसका लागि उनीहरूले बैंकसँग साझेदारी गर्नुपर्ने छ। 

यसरी ऋण स्वीकृत गर्दा ग्राहकले ऋणका लागि दिएका दस्तावेजहरू सुरक्षित वित्तीय भण्डारण गर्नुपर्ने, ऋण प्रायोजन बाहेक अरुमा यस्तो तथ्यांक उपयोग गर्न पाइने छैन।

यसरी दिइएको ऋणको सेवा शुल्क तथा तेस्रो पक्षलाई बुझाउनुपर्ने शुल्क बाहेक अरु कुनै पनि अतिरिक्त शुल्क लिन पाइने छैन। 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८०७:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend