सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा

बिहीबार , जेठ १५ २०८२
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।

यसैगरी युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५८ पैसा तोकिएको छ। स्विस फ्रयांक को खरिददर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा, क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा रहेको छ।

जापानी येन १० युनिटको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा, चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३ पैसा रहेको छ। साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा तोकिएको छ।

त्यस्तै, थाई भाटको खरिददर ४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४ रुपैयाँ १९ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ।

दक्षिण कोरियन वन १०० युनिटको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, स्विडिस क्रोनरको खरिददर १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४ रुपैयाँ २५ पैसा तथा डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ६९ पैसा र बिक्रीदर २० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ २ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९८ पैसा, बहराइन दिनारको खरिददर ३६१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५ पैसा, ओमनी रियालको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँ १०० युनिटको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा जुनसुकै बेला संशोधन गर्न सकिने उल्लेख गरेको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर केही फरक हुन सक्ने र आधिकारिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने पनि बैंकले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १५ २०८२०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend