सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५८ करोड रुपैयाँको कारोबार

बुधबार, जेठ १४ २०८२
सेयर बजारमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५८ करोड रुपैयाँको कारोबार

काठमाडौं- यो साता पहिलो दुई दिन आइतबार र सोमबारको कारोबारमा ओरालो लाग्दै मंगलबार स्थिर देखिएको सेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। 

यो साता पहिलो कारोबारमा आइतबार ८.५७ अंकले घटेर २६७९.९८ बिन्दुमा झरेको बजार सोमबार ५.२१ अंकले घटेर २६७४.७७ बिन्दुमा झरेको थियो। मंगलबार ०.८६ अंकले बढेर २६७५.६३ बिन्दुमा पुगेको बजार बुधबार दोहोरो अंकले बढेको हो। 

बुधबार १७.४४ अंकले बढेर बजार २६९३.०६ बिन्दुमा पुगेको छ। १४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने दुई कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, जेठ १४ २०८२१५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend