काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ। बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ सय रुपैयाँ बढेर ९४ हजार रुपैयाँ बढेको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। बिहीबार १२ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार पनि त्इीत् नै कायम भएको नेपाल सुनचाँदी व्यवसायीमहासंघले जनाएको छ।