शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

यो वर्ष मनसुन चाँडो भित्रिने, सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

images
बुधबार, जेठ १४ २०८२
images
images
यो वर्ष मनसुन चाँडो भित्रिने, सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ।

images
images

काठमाडौं- यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो। 

images
images
images

महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको जानकारी दिए।

images
images

यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बंगलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको तथा भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उनले बताए।

images
images
images

यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ। रासस


प्रकाशित : बुधबार, जेठ १४ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend