सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

कान्तिपुर फर्मास्युटिकल्सले १७ करोड रुपैयाँको आईपीओ ल्याउँदै

बुधबार, जेठ १४ २०८२
कान्तिपुर फर्मास्युटिकल्सले १७ करोड रुपैयाँको आईपीओ ल्याउँदै

औषधि उत्पादनमा क्रियाशील कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले रुपैयाँ १७ करोड बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ। कम्पनीको उक्त सार्वजनिक निष्कासनको धितोपत्र प्रत्याभूतिको जिम्मा एलिट क्यापिटल लिमिटेडले लिएको छ।

काठमाडौं- औषधि उत्पादनमा क्रियाशील कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले रुपैयाँ १७ करोड बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ। कम्पनीको उक्त सार्वजनिक निष्कासनको धितोपत्र प्रत्याभूतिको जिम्मा एलिट क्यापिटल लिमिटेडले लिएको छ।

मंगलवार सम्पन्न सम्झौतामा कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार एलिट क्यापिटलले कम्पनीले निष्कासन गर्न लागेको १७ लाख कित्ता साधारण सेयरको पूर्णतः प्रत्याभूति गरेको छ। आईपीओ निष्कासनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवश्यक प्रक्रिया अघि बढाएको छ भने यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

सन् २०१८ मा स्थापना भएको कान्तिपुर फर्मास्युटिकल्सको हाल चुक्ता पुँजी रुपैयाँ ६३ करोड रहेको छ। कम्पनीले रुपैयाँ १०० अंकित मूल्यमा १७ लाख कित्ता सेयर निष्कासन गरेर सर्वसाधारणलाई स्वामित्वमा सहभागी गराउने तयारी गरिरहेको छ।

भेटेरिनरी औषधि तथा पशुपंक्षीका लागि आहारपूरक सप्लिमेन्ट्स उत्पादनमा क्रियाशील कम्पनीले हालसम्म औषधि व्यवस्था विभागबाट ६१ प्रकारका औषधिको उत्पादन स्वीकृति प्राप्त गरिसकेको जनाएको छ । तीमध्ये १३ औषधिहरू बिक्री वितरणको प्रमाणपत्रसहित नेपाली बजारमा बिक्री हुँदै आएका छन्। बाँकी औषधिहरूका लागि बिक्री वितरण स्वीकृतिको प्रक्रिया जारी रहेको कम्पनीले जानकारी दिएको छ।

यसका अतिरिक्त कम्पनीले पशुपंक्षी आहारपूरक २१ प्रकारका सप्लिमेन्ट्स उत्पादन र बिक्री वितरण गरिरहेको छ।

आईपीओ निष्कासनपछि कम्पनीले उत्पादन क्षमता विस्तार, प्रविधि सुधार तथा बजार सञ्जाल बिस्तारमा लगानी गर्ने जनाएको छ। पशु स्वास्थ्य र पोषण क्षेत्रमा फोकस गर्दै आएको यस कम्पनीको सार्वजनिक निष्कासनले औद्योगिक क्षेत्रमैत्री लगानी प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। 


प्रकाशित : बुधबार, जेठ १४ २०८२०७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend