शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच भेटवार्ता

images
मंगलबार, जेठ १३ २०८२
images
images
योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच भेटवार्ता

भेटमा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

images
images

काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ।

images
images
images

आज सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ।

images
images

आर्थिक नीति र मौद्रिक नीतिलाई सामञ्जयपूर्ण ढंगले कसरी अघि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो। मुलुकको अर्थतन्त्रमा कोभिड-१९ महामारी तथा विभिन्न प्राकृतिक विपद्‌बाट परेको असर न्यूनीकरण गर्दै सोह्रौँ आवधिक योजनाले लक्षित गरेअनुरूपको उच्च, दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न अवलम्बन गर्नुपर्ने रणनीतिबारे छलफल भएको हो।

images
images
images

छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथामिकिकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालीन खर्च संरचनालगायत विषयमा आयोगबाट भए गरेका सुधारका कार्यको बारेमा जानकारी गराएका थिए।

त्यस्तै, राष्ट्र बैंकका गभर्नर पौडेलले  पूर्वाधार विकासमा निजी क्षेत्रलाई प्रवर्द्धन गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने प्रतिबद्धता जनाए। रासस


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend