काठमाडौं- विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१औँ पटक सगरमाथा आरोहण सफल गरेका छन्।
सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४:०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैले राखेको कीर्तिमान तोडेका हुन्।
अघिल्लो वर्ष शेर्पाले २९ र ३०औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए।
पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ। यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए। उनीहरुमध्ये करिब ५ सय जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ। रासस