काठमाडौं- लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयर लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
कम्पनीले १०.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो।
कम्पनीले प्रस्ताव गरेको लाभांश सहितको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भइ साधरण सभाबाट पारित भएपछि सेयर लगानीकर्ताले लाभांश पाउने छन्।