शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

लिस्तुनखोलामा झोलुंगे पुल निर्माण

images
मंगलबार, जेठ १३ २०८२
images
images
लिस्तुनखोलामा झोलुंगे पुल निर्माण

६ महिनामै पुल निर्माण सम्पन्न गरेर सोमबारदेखि सञ्चालन गरिएको मोदी गाउँपालिकाले जनाएको छ।

images
images

पर्वत- पर्वतको मोदी गाउँपालिकाका दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुंगे पुल निर्माण गरिएको छ। गाउँपालिका-४ क्याङ र वडा नं ५ बाजुङ जोड्नका लागि दुवै वडाको सिमानामा रहेको लिस्तुनखोलामा झोलुंगे पुल बनाइएको हो।

images
images
images

मोदी गाउँपालिकाको पाँच लाख ४२ हजार ३५० रूपैयाँ र एसडब्लुएपी (स्वाप)को ३५ लाख ४६ हजार १३८ रूपैयाँ तथा उपभोक्ताको श्रमदान ८३ हजार ४३८ गरी कुल ४१ लाख ७१ हजार ९२७ रूपैयाँको लागतमा पुल निर्माण भएको हो।

images
images

पुलको लम्बाइ ७० मिटर लामो रहेको छ। स्वाप कार्यक्रम नेपालको सहयोगमा बनेको पुल निर्माणका लागि पर्वतको खुर्कोट युवा क्लबले प्राविधिक सहयोग गरेको थियो। ६ महिनामै पुल निर्माण सम्पन्न गरेर सोमबारदेखि सञ्चालन गरिएको मोदी गाउँपालिकाले जनाएको छ।

images
images
images

पुल निर्माणपछि बाजुङ र क्याङका बासिन्दालाई आवतजावतमा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चामबहादुर पुनले जानकारी दिए। उनका अनुसार दुवै वडाका हजारौँ बासिन्दाका साथै पर्यटकीय गाउँ लेसपार हुँदै हप्पाल, माटेको लेक, मोहोरेडाँडा, पुनहिल जाने पर्यटकका लागिसमेत सहज भएको छ।

पुल नुहँदा यहाँका स्थानीयले हिउँदमा अस्थायी फड्के राखेर खोला तर्दै आएका थिए तापनि बर्खायाममा दुवैतर्फका आवतजावत ठप्प बनेको थियो। अब भने बाह्रैमास खोला वारपार गर्न सहज भएको अध्यक्ष पुनले जानकारी दिए।

यसैबीच निर्माण सम्पन्न भएको झोलुंगे पुलको सोमबार मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उद्घाटन गरेकी छिन्। पुल उद्घाटन गर्दै शर्मा खोला वारपार गर्न वर्षौँदेखि समस्या खेप्दै आएका बाजुङ र क्याङका बासिन्दालाई यो पुलले राहत मिलेको बताइन्।

सडक मार्गको पहुँच पुग्न नसकेको यहाँका बासिन्दालाई सुविधा पुर्‍याउनका लागि झोलुंगे पुल निर्माण गर्न सहयोग गर्न स्वाप कार्यक्रम नेपाललाई धन्यवाद दिँदै नागरिकले असहज महसुस गरेका अन्य खोलानालामा पनि पुल निर्माण कार्यलाई अघि बढाइने उनको भनाइ छ।

पुल निर्माण उपभोक्ता समितिका सचिव तीर्थबहादुर पुनले पुल निर्माणपछि कृषकलाई बर्खायाममा घाँसदाउरा ओसार्न, गाईवस्तुलाई खोला तार्न र यस पदमार्ग हुँदै पर्यटकीयस्थलहरूमा जाने पर्यटकका लागि हिँड्डुलमा सहज भएको बताए। उनले सडक सुविधाबाट वञ्चित आफ्नो गाउँमा पुलले ठूलो राहत मिलेको बताए। रासस


प्रकाशित : मंगलबार, जेठ १३ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend