सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

निर्वाचनका लागि गृहले माग्यो साढे १७ अर्ब

images
बिहीबार , माघ २७ २०७८
images
images
निर्वाचनका लागि गृहले माग्यो साढे १७ अर्ब

नेपाल प्रहरीले चालुतर्फ १० अर्ब २७ करोड ४७ लाख ५५ हजार र पुँजिगततर्फ ३ अर्ब ७ करोड ६२ लाख ५३ हजार रुपैयाँ गरी १३ अर्ब ३५ करोड १० लाख ८ हजार रुपैयाँ माग गरेको छ।

images
images

काठमाडौं- सरकारले आगामी ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ। निर्वाचनको घोषणासँगै  गृह मन्त्रालयले स्थानीय तह निर्वाचन सुरक्षाका लागि साढे १७ अर्ब रुपैयाँ बजेट माग गरेको छ। 

images
images

गृहले अर्थ मन्त्रालयसँग  बजेट माग गरेको हो। गृहले आन्तरिक छलफलपछि १९ अर्ब रुपैयाँ आवश्यक पर्ने बताए पनि अन्तत: केही रकम घटाएर साढे १७ अर्ब माग्ने प्रस्ताव गरेको हो।

images
images

मन्त्रालयले चालुतर्फ १२ अर्व १४ करोड ८ लाख र पूँजिगततर्फ ५ अर्व ४५ करोड ६७ लाख रुपैयाँ माग गरेको हो। गृह मन्त्रालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयका लागि ६७ करोड ३१ लाख २ हजार रुपैयाँ माग गरेको छ। यस्तै सबैभन्दा बढि बजेट नेपाल प्रहरीका लागि माग गरिएको छ। 

images
images
images

नेपाल प्रहरीले चालुतर्फ १० अर्ब २७ करोड ४७ लाख ५५ हजार र पुँजिगततर्फ ३ अर्ब ७ करोड ६२ लाख ५३ हजार रुपैयाँ गरी १३ अर्ब ३५ करोड १० लाख ८ हजार रुपैयाँ माग गरेको छ।

सशस्त्र प्रहरीले ३ अर्ब ५८ करोड १३ लाख ९९ हजार रुपैयाँ माग गरेको छ। सशस्त्र प्रहरीले चालुतर्फ १ अर्ब ४४ करोड ६९ लाख १८ हजार रुपैयाँ र पूँजिगततर्फ २ अर्ब १३ करोड ४४ लाख ८१ हजार रुपैयाँ माग गरेको हो।

आजै अर्थ मन्त्रालयमा भएको कार्यक्रमा अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनका लागि ५० अर्ब बजेट माग भएर आएको जानकारी गराएका थिए। 

 


प्रकाशित : बिहीबार , माघ २७ २०७८१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend