शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

११ महिनामै सडक विभागमा महानिर्देशक परिवर्तन, नयाँ डीजीमा डा. विजय जैसी

images
सोमबार, जेठ १२ २०८२
images
images
११ महिनामै सडक विभागमा महानिर्देशक  परिवर्तन, नयाँ डीजीमा डा. विजय जैसी

उनको ठाउँमा डा. विजय जैसी विभागको महानिर्देशक (डीजी) बनेका छन्। डा. जैसीलाई भौतिक मन्त्री दाहालले मन्त्रीस्तरिय निर्णय गर्दै सोमबार डीजी बनाएका हुन्। उनी विभागकै उपमहानिर्देशकका रुपमा कार्यरत थिए।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ महिनामै सडक विभागको महानिर्देशक (डीजी) परिवर्तन गरेका छन्। २०८१ जेठ ३१ गते डीजी बनेका रामहरी पोखरेलले साढे ११ महिना काम गरेपछि मन्त्री दाहालले हटाएका हुन्।

images
images
images

उनको ठाउँमा डा. विजय जैसी विभागको महानिर्देशक (डीजी) बनेका छन्। डा. जैसीलाई भौतिक मन्त्री दाहालले मन्त्रीस्तरिय निर्णय गर्दै सोमबार डीजी बनाएका हुन्। उनी विभागकै उपमहानिर्देशकका रुपमा कार्यरत थिए।

images
images

निवर्तमान डीजी पोखरेल भौतिक मन्त्रालयमा सरुवा भएको भौतिक मन्त्रालयका सहसचिव एवं प्रवक्ता भिमार्जुन अधिकारीले जानकारी दिए। विभगका अर्का सहसचिव एवं उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठ पनि मन्त्रालयका सरुवा भएका छन्। उनी डीजी डा. जैसीभन्दा सिनियर सहसचिव हुन्।

images
images
images

श्रेष्ठको  ठाउँमा सहसचिव प्रभातकुमार झाको सरुवा भएको छ। देशकै सबैभन्दा ठूलो विकसे अड्डाका रुपमका रहेको सडक विभागमा आर्थिक वर्षको अन्यमा  विभागीय प्रमुखहरु परिवर्तन हुँदा नियमित कामकाजमा असर पर्छ। तर, यसतर्फ मन्त्री दाहाल गम्भिर देखिदैनन्। 


प्रकाशित : सोमबार, जेठ १२ २०८२१६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend