शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

अमेरिकी भन्सार शुल्क वार्तालाई ‘तीव्रता’ दिँदै जापान

images
सोमबार, जेठ १२ २०८२
images
images
अमेरिकी भन्सार शुल्क वार्तालाई ‘तीव्रता’ दिँदै जापान

टोकियोका अनुसार फेब्रुअरीमा ह्वाइट हाउसमा ट्रम्पलाई भेट्ने इशिबाले गत हप्ता राष्ट्रपतिसँग करिब ४५ मिनेट फोनमा कुरा गरेका थिए। स्थानीय मिडियाका अनुसार जापानको मोलतोलको चिपहरू आइसब्रेकसहित जहाज निर्माणमा यसको प्राविधिक दक्षता उल्लेख गरिएको छ।

images
images

टोकियो- संयुक्त राज्य अमेरिका र जापान आफ्नो पछिल्लो भन्सार शुल्क वार्तामा सम्झौताको दिशामा प्रयासलाई ‘गति दिन’ सहमत भएको टोकियोले सोमबार बताएको छ।

images
images
images

अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठूलो लगानीकर्ता जापान अधिकांश मुलुकमा लगाइएको समान १० प्रतिशत आधारभूत भन्सार शुल्क तथा कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्कको अधीनमा छ।

images
images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्कको घोषणा गरेका थिए। तर, पछि अन्य देशमाथिका समान उपायहरूसँगै त्यसलाई जुलाईको सुरुसम्म स्थगित गरे।

images
images
images

जापान ट्रम्पले घोषणा गरेका आफ्नो आयातमाथिका सबै भन्सार शुल्कहरू हटाउन चाहन्छ। टोकियोका भन्सार शुल्क दूत रियोसी अकाजावाले सप्ताहन्तमा वासिङ्टनमा तेस्रो चरणको वार्ता गरेका थिए। यो हप्ता फर्कने कार्यक्रम छ।

दुई देशले ‘पारस्परिक रूपमा लाभदायक सम्झौता साकार पार्न प्रयासहरू तीव्र पार्नेछौँ’ भनी पुष्टि गरेको जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायासीले सोमबार बताए। आइतबार प्रधानमन्त्री सिगेरु इशिबाले पनि अकाजावाको पछिल्लो चरणको वार्तामा ‘प्रगति’ भएको बताएका छन्।

इशिबाले आगामी महिना क्यानाडामा हुने वार्षिक जी-७ को बैठकमा दुई नेताले भेट्दा ट्रम्पसँग सम्झौता गर्ने लक्ष्य राखेको सुझाव दिएका छन्। ‘जी-७ शिखर सम्मेलनलाई ध्यानमा राखेर थप छलफल जारी रहने मेरो अपेक्षा छ’ इशिबाले आइतबार पत्रकारहरूसँग भने।

टोकियोका अनुसार फेब्रुअरीमा ह्वाइट हाउसमा ट्रम्पलाई भेट्ने इशिबाले गत हप्ता राष्ट्रपतिसँग करिब ४५ मिनेट फोनमा कुरा गरेका थिए। स्थानीय मिडियाका अनुसार जापानको मोलतोलको चिपहरू आइसब्रेकसहित जहाज निर्माणमा यसको प्राविधिक दक्षता उल्लेख गरिएको छ।

‘अमेरिकाले जापानबाट अमेरिकी युद्धपोतहरू मर्मत् गराउन चासो राखेको छ, जुन हामी समर्थन गर्न तयार छौँ’ सार्वजनिक प्रसारक एनएचकेले इशिबाको भनाइ उदृत गर्दै भनेको छ। सफ्टब्यांकका संस्थापक एवं ट्रम्पका मित्र मासायोसी सनले फाइनान्सियल टाइम्सका अनुसार संयुक्त अमेरिका-जापानी सार्वभौम सम्पत्ति कोषको विचार अर्को सम्भावित मिठास हो।

सन र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टबीच प्रत्यक्ष छलफल भएको कोषले संयुक्त राज्य अमेरिकाभरि प्रविधि र पूर्वाधारमा ठूलो मात्रामा लगानी गर्नेछ। एएफपीले सम्पर्क गर्दा सफ्टब्यांकले टिप्पणी गर्न अस्वीकार गर्‍यो। ट्रम्पको २५ प्रतिशत अटो भन्सार शुल्क टोकियोका लागि विशेष गरी पीडादायी छ।

किनकि सबै जापानी रोजगारीको लगभग आठ प्रतिशत यस क्षेत्रसँग जोडिएको छ। विश्वको चौथो ठूलो अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासिकमा शून्य दशमलव दुई प्रतिशतले सङ्कुचित हुँदा जुलाईमा हुने माथिल्लो सदनको चुनावअघि अलोकप्रिय इसिबामाथि दबाब बढाएको छ। रासस


प्रकाशित : सोमबार, जेठ १२ २०८२१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend