शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

निर्वाचनका लागि थप ४० अर्ब माग, अर्थमन्त्रीले भने- स्रोत व्यवस्थापन गर्छौँ 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २७ २०७८
images
निर्वाचनका लागि थप ४० अर्ब माग, अर्थमन्त्रीले भने- स्रोत व्यवस्थापन गर्छौँ 
images
images

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि मात्रै १० अर्ब बराबरको व्यवस्था भए पनि ४० अर्ब रूपैयाँ बराबरको माग आएको छ।

images
images
images

अर्थ मन्त्रालयमा बिहीबार आयोजित चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनका लागि ४० अर्ब रूपैयाँ बराबरको माग आएको जानकारी दिएका हुन्। 

images
images

निर्वाचन राष्ट्रिय अभियान भएकाले त्यसका लागि साधन र स्रोत उपलब्ध गराउनु सरकारको दायित्व भए पनि आफूहरु चापमा रहेको उनको भनाइ छ। सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको छ।

images
images

निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न सरकार लागिपरेको जानकारी दिँदै अर्थमन्त्रीले बजेटको जोहो गरिने र निर्वाचन समयमै सम्पन्न गरिने बताए। रासस


प्रकाशित : बिहीबार , माघ २७ २०७८१२:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend