शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

इयूका सामानमाथि लगाउने भनिएको ५० प्रतिशत भन्सार शुल्कबाट पछि हटे ट्रम्प

images
सोमबार, जेठ १२ २०८२
images
images
इयूका सामानमाथि लगाउने भनिएको ५० प्रतिशत  भन्सार शुल्कबाट पछि हटे ट्रम्प

आइतबार अमेरिकाले इयूसँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयनलाई जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने राष्ट्रपति ट्रम्पले बताएका हुन्।

images
images

वासिङ्टन- स‌ंयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (इयू)का सामानहरू माथि ५० प्रतिशत भन्सार शुल्क स्थगित गर्ने बताएका छन्। आइतबार अमेरिकाले इयूसँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयनलाई जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने राष्ट्रपति ट्रम्पले बताएका हुन्।

images
images
images

यो सहमति आइतबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको फोनवार्तापछि आएको हो। अमेरिकी राष्ट्रपतिका अनुसार भोन डेर लेयनले ट्रम्पलाई ‘गम्भीर वार्तामा जान चाहन्छु’ भनेकी थिइन्।

images
images

वासिङ्टन फर्कने तयारीका क्रममा न्युजर्सीको मोरिस्टाउनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने ‘मैले कसैलाई पनि भनेको छु जसले सुन्नु पर्छ, उनीहरूले त्यो गर्नुपर्छ। भोन डेर लेयनले तुरुन्त भेला भएर हामी केही काम गर्न सक्छौँ कि? भनेर हेर्ने वाचा गर्नुभयो।’

images
images
images

शुक्रबारको सामाजिक सञ्जालको पोस्टमा ट्रम्पले २७ सदस्य राष्ट्रको यो समूह व्यापारमा ‘व्यवहार गर्न धेरै गाह्रो’ रहेको र वार्ता ‘कहीँ पुगिरहेको छैन’ भनी गुनासो गर्दै इयूका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका थिए। ती भन्सार शुल्क जुन १ देखि लागु हुने भनिएकाे थियाे।

तर भोन डेर लेयनसँगको फोनवार्ताले कमसेकम अहिलेका लागि तनावलाई सहज बनाएको देखिन्छ। ‘म सन् २०२५ जुलाई ९ सम्म विस्तार गर्न सहमत भएँ, त्यसो गर्नु मेरो सुअवसर थियो’ ट्रम्पले आइतबार साँझ पत्रकारहरूसँग कुरा गरेपछि ट्रुथ सोसलमा भनेका छन्।

‘इयू र अमेरिकाले संसारको सबैभन्दा महत्त्वपूर्ण र नजिकको व्यापारिक सम्बन्ध साझा गर्दछन्’, आफ्नो पक्षबाट भोन डेर लेयनले भनेकी छन्, ’युरोप छिटो र निर्णायक रूपमा वार्ता अगाडि बढाउन तयार छ, राम्रो सम्झौतामा पुग्न, हामीलाई जुलाई ९ सम्मको समय चाहिन्छ।’ रासस


प्रकाशित : सोमबार, जेठ १२ २०८२१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend