शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

मायाँटार क्षेत्रमा यातायातको पहुँच पुगेसँगै स्थानीयलाई जीविकोपार्जनमा सहज

images
सोमबार, जेठ १२ २०८२
images
images
मायाँटार क्षेत्रमा यातायातको पहुँच पुगेसँगै स्थानीयलाई जीविकोपार्जनमा सहज
फाइल तस्बिर

मायाँटारका स्थानीयले उत्पादन गरेका सबै सामग्रीले यातायातको सहजतासँगै सहजरूपमा बजार पाउँदा जीविका सहज भएको हो।

images
images

चितवन- जिल्लाको पहाडी क्षेत्र मायाँटार क्षेत्रमा यातायातको पहुँच पुगेसँगै यहाँका स्थानीयलाई जीविकोपार्जनमा सहज भएको छ। अधिकांश चेपाङ समुदायको बसोबास रहेको यस क्षेत्रमा सडक सञ्जालको विकास भएपछि यहाँ उत्पादित वस्तुले बजार पाउँदा स्थानीयको जीवनयापनमा सहज भएको हो।

images
images
images

इच्छाकामना गाउँपालिका-२ मायाँटारका स्थानीयले उत्पादन गरेका सबै सामग्रीले यातायातको सहजतासँगै सहजरूपमा बजार पाउन सकेको हो। स्थानीय राष्ट्रिय आधारभूत विद्यालय मायाँटारका प्रध्यानाध्यापक पदमबहादुर प्रजा शक्तिखोर फिस्लिङ सडक खण्ड निर्माण भएसँगै यहाँको जीवन सहज भएको बताउँछन्।

images
images

उनले भने, 'सडक कालोपत्र भएसँगै सवारीसाधानको समस्या नहुँदा यहाँ उत्पादित तरकारी र अन्य अन्नबालीले सहज रूपमा बजार पाएको छ।' यहाँ उत्पादन हुने रैथाने प्रजाती बजारसम्म पुर्‍याउन सक्ने भएपछि आयआर्जन बढेको छ', उनले भने, 'पहिला बोकेर बजारसम्म पुर्‍याउनु पर्थ्यो। अहिले गाडीमा हालेर पठाउने गर्छौँ।'

images
images
images

यहाँ अहिले पाँचवटा बोलेरो सञ्चालनमा रहेका छन्। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ती बोलेरो सञ्चालन हुँदा यहाँको उत्पादन फिस्लिङ बजारदेखि चितवनको शक्तिखोर, रत्ननगरको टाँडी बजार लगायतमा पुग्ने गरेको उनले बताए। अहिले यहाँका बासिन्दाले निगुरो र काफल बेचेरसमेत कमाउने गरेको उनले सुनाए।

वडा सदस्य एकबहादुर गुरूङका अनुसार यहाँबाट चल्ने बोलेरोले यहाँका जनतालाई सेवा दिँदै आएका छन्। यातायातको सहजतासँगै यस स्थानमा घरबास कार्यक्रमले पनि यहाँको जीवनस्तरलाई माथि उठाउन सहज भएको उनले बताए। उनले भने, 'यहाँ सञ्चालनमा रहेका घरबास (होम स्टे)मा गर्मी छल्नका लागि पर्यटक आउने उपयुक्त स्थान बनेको छ।'

बोलेरो चालक रमित चेपाङ बिहानदेखि बेलुकासम्म जुनसुकै समयमा पनि यहाँका बासिन्दाको सेवामा बोलेरो तयार रहने गरेको बताउँछन्। उनले भने, 'पहिला पहिला यहाँ उत्पादित थोरै वस्तु बजारमा पुर्‍याउन कठिन हुने गरेको थियो। अहिले त्यो समस्या छैन।' गाउँ-गाउँमा पुगेर यहाँका उत्पादनलाई बजारसम्म पुर्‍याउने काम आफूहरूले गर्दै आएको उनको भनाइ छ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ पहाडी क्षेत्रमा सडक सञ्जाल पुर्‍याउन लागिपरेको बताउँछन्। उनले भने, 'चेपाङ समुदायको जीवनस्तरमाथि उठाउन यातायातसँगै, पर्यटन, कृषि क्षेत्र प्रवर्द्धनमा हामी लागेका छौँ।' घरबास (होमस्टे) प्रवर्द्धनमा पनि गाउँपालिका लागिपरेको उनको भनाइ छ।

सडक सञ्जालले स्थानीय उत्पादन बजार पुर्‍याउन र सहरी क्षेत्रबाट पर्यटक भित्र्याउन सहज भएको उनले बताए। उनले भने, 'सडक सञ्जाल यहाँका जनताको आयस्तर बढाउन निकै राम्रो भूमिका खेलेको छ।' रासस


प्रकाशित : सोमबार, जेठ १२ २०८२१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend