शनिबार, मंसिर ८ गते २०८१    
images
images

१५ अर्ब ९० करोड रकमान्तर हुँदा कोभिड खोपमा ६ अर्ब ३४ करोड

मानपदवी, अलंकार र पदक निर्माणका लागि १६ करोड

images
बिहीबार , माघ २७ २०७८
images
images
१५ अर्ब ९० करोड रकमान्तर हुँदा कोभिड खोपमा ६ अर्ब ३४ करोड

कोभिड खोपका लागि ६ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकास भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा रिपोर्टमा उल्लेख छ।

images
images

काठमाडौं- अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका २०७८/०७८ को  ६ महिनामा १५ अर्ब ९० करोड  १६ लाख रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर गरी निकासा गरेको छ।

images
images
images

जसमा कोभिड खोपका लागि ६ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा रिपोर्टमा उल्लेख छ।

images

यसैगरी मन्त्रालयले मानपदवी अलंकार र पदक निर्माणका लागि १६ करोड ३३ लाख रुपैयाँ रकमान्तर गरी निकासी गरेको हो। अर्थमन्त्रालयले अति विपन्न परिवारलाई नगद हस्तान्तरण गर्न ५ अर्ब रुपैयाँ र होल्डिङ सेन्टर निर्माणका लागि ४० करोड रुपैयाँ रकमान्तर गर्दै निकासा गरेको छ।

images

मन्त्रालयले ६ महिनाकै अवधिमा विभिन्न आयोजनाको घरजग्गा मुआब्जा वितरणका लागि १ अर्ब १६ करोड  ६७ लाख रुपैयाँ र विभिन्न निकायका लागि मेसिनरी औजारलगायतको पुँजीगत खर्चका लागि ४१ करोड १८ लाख रुपैयाँ रकमान्तर गरी निकासा गरेको जनाएको छ।

यसैगरी मन्त्रालयले ६ महिनाकै अवधिमा भ्रमण खर्चका लागि २ करोड ९८ लाख र विभिन्न निकायका लागि प्रशासनिक खर्च लगायतको चालु खर्चका लागि २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ रकमान्तर गरी निकासा भएको जनाएको छ।

कोभिड व्यवस्थापनका लागि ५३ लाख, अदालतको आदेश तथा प्रचलित कानून बमोजिक राजस्व फिर्ताका लागि ५ करोड ९४ लाख रुपैयाँ  रकमान्तर भएको छ।

यसैगरी ६ महिनाकै अवधिमा अर्थमन्त्रालयले मन्त्रिपरिषद्को निर्णय तथा प्रचलित कानून बमोजिक कर्मचारी सुविधाका लागि ९ करोड ९ लाख र मन्त्रिपरिषद्को निर्णय अनुसार उपलब्ध गराएको आर्थिक सहयातका लागि ९ करोड ७ लाख रुपैयाँ रकमान्तर गरी निकासा गरेको जनाएको छ।


प्रकाशित : बिहीबार , माघ २७ २०७८११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend