शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

५२ हप्तापछिकै सस्तो मूल्यमा आइएमई जनरल इन्स्योरेन्सको सेयर, ४० प्रतिशत हकप्रदपछि दिँदैछ लाभांश

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
images
५२ हप्तापछिकै सस्तो मूल्यमा आइएमई जनरल इन्स्योरेन्सको सेयर, ४० प्रतिशत हकप्रदपछि दिँदैछ लाभांश
images
images

काठमाडौं- ४० प्रतिशत हकप्रद दिन लागेको आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार नै कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। कम्पनीको सेयर बिहीबारसम्म कायम भएका सेयरधनीले ४० प्रतिशत हकप्रदमा आवेदन दिन पाउने छन्। 

images
images
images

कम्पनीले बिहीबार कायम अन्तिम सेयरमूल्य १ हजार १०७ को आधारमा ४० प्रतिशत हकप्रद सेयरपछिको मूल्य ८१९ दशमलव २९ तोकेको हो। कम्पनीको सेयर मूल्य पछिल्लो ५२ हप्तामा १४६५ रुपैयाँमा अधिकतम कारोबार गरेको छ भने ८६५ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको छ। समायोजनपछि मूल्य ५२ हप्ताको भन्दा पनि सस्तो मूल्यमा लगानीकर्ताले खरिद गर्न पाउने छन्। 

images
images
igi 1.PNG

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणनै भएको छैन। कम्पनीले गतवर्ष राम्रै नाफा कमाएकोले १२ देखि १५ प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ। 

images
images

आइतबार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको सेयर कारोबार खुला हुनेछ। कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि फागुन १ गते बुक क्लोजको मिति तोकेकाले माघ २७ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीले ४० प्रतिशत आर्थात् १०ः४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नका लागि बुक क्लोज मिति तय गरेको हो। कम्पनीले अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ 

१ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको कम्पनीको बजार पुँजीकरण १७ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८०१:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend