मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा देखिएन वृद्धिको लय, साताको पहिलो कारोबार ओरालोतिर

आइतबार, जेठ ११ २०८२
सेयर बजारमा देखिएन वृद्धिको लय, साताको पहिलो कारोबार ओरालोतिर

काठमाडौं- गएको साता समग्रमा ७६ अंकले बढेको सेयर बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच पुन: ओरालो गति नै देखिएको छ।

यो साता पहिलो कारोबारमा आइतबार ८.५७ अंकले घटेर बजार २६७९.९८ बिन्दुमा झरेको छ। ९९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ। १४८ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता पहिलो कारोबारमा आइतबार २.७९ अंकले घटेको बजार सोमबार भने १९.३० अंकले बढेको थियो। मंगलबार ४९.०९ अंकले बढेको बजार बुधबार ७.९४ अंकले घटेको थियो। साताको अन्तिम कारोबारमा बिहीबार बजार १९.०४ अंकले बढेको थियो।  

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तेस्रो समीक्षाको तयारीमा लागिरहँदा संगठित लगानीकर्ताहरूले चासोका साथ हेरिरहेका छन्। नयाँ गभर्नर विश्वनाथ पौडेलले सेयर कर्जाको सीमामा केही परिवर्तन गर्ने सम्भावना देखिएको छ। 

बैंकिङ प्रणालीबाट एकाघर परिवारका सेयर लगानीकर्ताहरूले १५ करोडसम्म कर्जा लिनसक्ने सीमालाई गभर्नर पौडेलले हटाउन सक्ने बुझिएको छ। सेयर लगानीकर्तामार्फत सेयर बजार चलायमान बनाउने दिशामा उनी केही लचक हुने सम्भावना छ। 


प्रकाशित : आइतबार, जेठ ११ २०८२१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend