शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

चितवनको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

images
आइतबार, जेठ ११ २०८२
images
images
चितवनको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

पुराना मकैका ठूटालाई आगो लगाएर जलाउन, मकै भाँचिसकेपछि खेतबारीलाई गहिरोसँग खनजोत गर्न, मकै उम्रेदेखि नियमित रूपमा खेतबारीको अवलोकन गरी कीराका बारेमा बुझ्न र केही समय बारी खाली राख्न अधिकृत चौहानले सुझाव दिएकी छन्।

images
images

चितवन- जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ। जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार-पाँचजना किसान फौजी कीराको समस्या लिएर पुग्ने गरेका छन्।

images
images
images

कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएकाे मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ। ‘यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको सङ्क्रमण नरोकिएको हो’ उनले भनिन्।

images
images

मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको छ। जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ।यहाँ कतै मकै पाकेको छ भने कतै लगाउँदै गरेका छन्। यामअनुसारको मकै र बेमौसमी मकैखेती हुने हुँदा कीराको आक्रमण बढेको हो।

images
images
images

जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको विकास अधिकृत चाैहानकाे भनाइ छ। धानमा पनि फौजी कीरा देखिने भएकाले हरेक याममा मकैखेतीमा यसले आक्रमण भइरहेकाे हाे। अमेरिकन फौजी कीरा पुतली वर्गको रात्रिचर कीरा हो।

यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्दछ। मकैबाली मन पराउने यस कीराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पुर्‍याउने बागबानी विकास अधिकृत चौहान जानकारी दिएकी छन्। उनका अनुसार यस कीराको लार्भाले मकैको पात गुभो, घोगा तथा डाठमा क्षति पुर्‍याउँछ।

यसले कलिलो अवस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा बढ्दै गएपछि पातमा प्वाल पार्ने र छियाछिया बनाउने गर्छ। पुराना मकैका ठूटालाई आगो लगाएर जलाउन, मकै भाँचिसकेपछि खेतबारीलाई गहिरोसँग खनजोत गर्न, मकै उम्रेदेखि नियमित रूपमा खेतबारीको अवलोकन गरी कीराका बारेमा बुझ्न र केही समय बारी खाली राख्न अधिकृत चौहानले सुझाव दिएकी छन्। 

साथै मकैलाई कोसेबालीसँग अन्तर बाली लगाउँदा सङ्क्रमण कम हुने, पासोबालीको रूपमा नेपियर घाँसको प्रयोग गर्न, कीराको सङ्क्रमण देखिएमा नीमजन्य विषादी प्रयोग गर्न पनि उनकाे सुझाव छ। रासस


प्रकाशित : आइतबार, जेठ ११ २०८२१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend