शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

मधेस प्रदेशमा निर्जीवन बीमाबाट दुई अर्ब १५ करोड संकलन

images
आइतबार, जेठ ११ २०८२
images
images
मधेस प्रदेशमा निर्जीवन बीमाबाट दुई अर्ब १५ करोड संकलन

निर्जीवन बीमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० करोड २६ लाख रूपैयाँ रकम दाबी भुक्तानी माग गरेका छन्।

images
images

पर्सा- नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमातर्फ दुई अर्ब १५ करोड ७६ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ। सोही अवधिमा भने निर्जीवन बीमातर्फ जारी बीमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रूपैयाँ रहेको छ।

images
images
images

निर्जीवन बीमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० करोड २६ लाख रूपैयाँ रकम दाबी भुक्तानी माग गरेका छन्। तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई एक अर्ब आठ करोड ४३ करोड रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।

images
images

नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरे। 'हामीले बीमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ', उनले भने, 'आगामी दिनमा बीमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ।'

images
images
images

कार्यालयले चालु आवको नौ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रूपैयाँ रकम संकलन गरेको छ। सो अवधिमा मधेस प्रदेशमा ८६ हजार ६ सय ७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ।

जीवन बीमा शुल्क संकलनमा मधेस प्रदेशको हिस्सा नौ दशमलव २४ प्रतिशत रहेको छ। चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट दुई अर्ब ५४ करोड ६० लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ।

कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बीमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट दुई अर्ब ८७ करोड ७४ लाख रूपैयाँ रकम भुक्तानी गरेको थियो। रासस


प्रकाशित : आइतबार, जेठ ११ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend