शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

किन सुस्तायो सेयर बजार? एउटै कम्पनीमा पनि लागेन पोजेटिभ सर्किट

images
बिहीबार , माघ २७ २०७८
images
किन सुस्तायो सेयर बजार? एउटै कम्पनीमा पनि लागेन पोजेटिभ सर्किट
images
images

काठमाडौं- सातामा कारोबारको अन्तिम दिन बिहीबार कुनै पनि कम्पनीको सेयर मूल्य सर्किट लागेको छैन। सबैभन्दा बढी सेयर मूल्य बढेको नबिल इक्वीटी फन्डको २.७६ प्रतिशत बढेर ११.१५ रूपैयाँ कायम भएको छ। 

images
images
images

सबैभन्दा धेरै सिन्धु विकास बैंकको २.२० प्रतिशतले सेयर मूल्य बढेर प्रतिकित्ता ४२३.१० रूपैयाँ कायम भएको छ। कुमारी इक्युटी फन्ड २.०७ प्रतिशतले बढ्दा एनएमबी फन्डको २.०६ प्रतिशतले बढेको छ। एसटीसी कम्पनीको सेयर मूल्य २.०६ प्रतिशतले बढेर ६५३५ रूपैयाँमा कारोबार भएको छ। 

images
images
nepse 12.PNG

नेपाल टेलिकमको सेयर सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेको छ। कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५ सय ६४ रूपैयाँको कारोबार भएको छ। नेशनल हाइड्रो पावरको २२ करोड ४० लाख रूपैयाँ बराबरको कारोबार भएको छ। 

images
images

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको पनि १९ करोड ८१ लाख बराबरको कारोबार भएको छ। त्यस्तै अरुण भ्याली १६ करोड २६ लाख रूपैयाँ कारोबार हुँदा नेपाल लाइफ इस्योरेन्सको १५ करोड ७१ लाख रूपैयाँको कारोबार भएको छ। 

यो साता नेप्से परिसूचकमात्रै नभएर कारोबार रकम समेत सुस्ताएको छ। बिहीबार ११.९६ अंकले घटेर २८०१.५६ बिन्दुमा झरेको छ। बिहीबार कारोबार रकमसमेत घटेको छ। ६९ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ९५ लाख रूपैयाँको कारोबार भएको छ। 

यो साता समग्रमा बजार ७५.२५ अंकले घटेको छ। यो साता आइतबार ४०.५७ अंकले गिरावट आएको बजार सोमबार थामिएर १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको थियो। तर पुनः मंगलबार बजार १६.३० अंकले घटेर २८३५.५८ बिन्दुमा पुगेको थियो। यस्तै बुधबार नेप्से २२.११ अंकले घटेर २८३१.४७ बिन्दुमा रोकिएको थियो।

nepse 1.PNG

 


प्रकाशित : बिहीबार , माघ २७ २०७८१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend