सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २७ २०७८
images
images
सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

बुधबार र बिहीबार बोर्डको काम ठप्प पारेका कर्मचारीसँग व्यवस्थापनले वार्ता गरेपछि पाँच बुँदे सहमति भएको हो।

images
images

भक्तपुर- कर्मचारी र बोर्ड व्यवस्थापनबीचको बिहीबार भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ।

images
images

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघ नेपाल केन्द्रीय समितिले पाँच बुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन बिहीबारको वार्तामा सहमति बनेपछि स्थगित गरिएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए।

images
images

गत साउन २५ गते बोर्डका सदस्य सचिव दुर्गा अर्याललाई पाँच बुँदे मागपत्र पेश गरेको र पटक-पटक माग पूरा गराउन माग गर्दा पनि बोर्डले बेवास्ता गरेको भन्दै संघले बुधबारदेखि आन्दोलन सुरु गरेको थियो।

images
images
images

बुधबार र बिहीबार बोर्डको काम ठप्प पारेका कर्मचारीसँग व्यवस्थापनले वार्ता गरेपछि पाँच बुँदे सहमति भएकाले थप आन्दोलनका कार्यक्रम पनि स्थगित गरिएको अध्यक्ष ढकालले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , माघ २७ २०७८१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend