काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) ४०, गोलभेँडा सानो (लोकल) ७०, गोलभेँडा सानो (टनेल) ७५, गोलभेँडा सानो (भारतीय) ५०, आलु रातो ४०, आलु रातो (भारतीय) ३८ रुपैयाँ कायम भएकाे छ। आलु रातो (मुडे) ४०, प्याज सुकेको (भारतीय) ३८, गाजर (लोकल) ५०, गाजर (तराई) ३०, बन्दा (लोकल) १५ रुपैयाँ किलाे भएकाे विकास समितिले जनाएकाे छ।
त्यस्तै काउली (स्थानीय) ३०, मूला रातो ३०, मूला सेतो (लोकल) १५, सेतो मूला (हाइब्रिड) ३०, भन्टा लाम्चो २५, भन्टा डल्लो ३०, तने बोडीको मूल्य ७०, मकै बोडी ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।मटरकोसा ९०, घिउ सिमी (लोकल) ३०, घिउ सिमी (हाइब्रिड) ३०, राजमा मूल्य १००, भटमास कोसा १००, तितो करेला ५० रुपैयाँ किलाे पर्छ।
यसैगरी लौका २०, परबर (लोकल) ६०, परबर (तराई) ६०, चिचिण्डो ३५, घिरौला ३५, झिगुनी ६०, फर्सी पाकेको ५०, फर्सी हरियो (लाम्चो) ३५, हरियो फर्सी (डल्लो) २५, भिण्डी ३० रुपैयाँ किलाे कायम गरिएको छ। सखरखण्ड ६०, पिँडालु १२०, रायो साग ५०, पालुंगो साग ६०, चमसुरको साग ८०, तोरीको साग ३०, मेथीको साग १००, प्याज हरियो ५०, च्याउ (कन्य) १८०, च्याउ (डल्ले) ३००, कुरिलो ७००, निगुरो २५ रुपैयाँ किलाे कायम भएकाे छ।
ब्रोकाउली ७०, चुकुन्दर ७०, सजीवन ९०, जिरीको साग ९०, ग्याठकोभी ६०, सेलरी १८०, पार्सले ४००, सौफको साग १००, पुदिना १५०, गान्टे मूला ४०, इमली १८०, तामा १००, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ किलाे तोकेको छ।
समितिले स्याउ (झोले) २५०, स्याउ (फूजी) ३००, केरा (दर्जन) १५०, कागती २४०, अनार ३५०, आँप (दशहरी) २५०, अङ्गुर (हरियो) २००, अङ्गुर (कालो) ३५०, तरबुजा (हरियो) ४०, मौसम २००, जुनार २००, भुइँकटहर २००, काँक्रो (लोकल) ४०, काँक्रो (हाइब्रिड) २०, रुख कटहर ७०, नास्पाती (चाइनिज) २५०, मेवा (भारतीय) १००, लिची (लोकल) २००, आभोकाडो ८०० रुपैयाँ किलाे निर्धारण गरिएको छ।
यसैगरी, अदुवा १२०, खुर्सानी सुकेको ४००, खुर्सानी हरियो ६०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (माछे) ३५, खुर्सानी हरियो (अकबरे) ३५०, भेडे खुर्सानी ६०, लसुन हरियो १००, हरियो धनिया ५०, लसुन सुकेको चाइनिज ३०० रुपैयाँ प्रतिकिलो निर्धारण भएकाे छ।
लसुन सुकेको नेपाली २००, छ्यापी सुकेको २००, छ्यापी हरियो १५०, ताजा माछा (रहु) ३२०, ताजा माछा (बचुवा) ३२०, ताजा माछा (छडी) २४०, राजा च्याउ ३०० र सिताके च्याउ ८०० रुपैयाँ किलाे तोकेको छ। रासस