सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

हिउँमा फसेका ३४ जना ५ दिनपछि घर फर्किए

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २७ २०७८
images
images
हिउँमा फसेका ३४ जना ५ दिनपछि घर फर्किए

प्रशासनको पहल, तातोपानी गाउँपालिका, कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा हिउँमा फसेका नागरिकको उद्धार भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

images
images

खलङ्गा- जुम्ला तातोपानी गाउँपालिका-८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन्। हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताए। 

images
images

हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो। प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यन्न छाडेर फर्किएको थियो। पाटन क्षेत्रमा जडीबुटी सेतोचिनी सङ्कलनका लागि गएका स्थानीयवासी हिउँ परेपछि पाटनमै थुनिएका थिए। 

images
images

हिउँमा फसेकालाई उद्धारका लागि चौतर्फी पहल भएको थियो। स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिका, कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा हिउँमा फसेका नागरिकको उद्धार भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। पाटन क्षेत्रमा झण्डै चार फिट हिउँ जमेको थियो।

images
images
images

बुधबार सबै भेँडाबाख्रासहित सकुशल घर फर्किएपछि स्थानीयवासीदेखि आफन्तजनमा खुसी छाएको छ। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले प्रेस विज्ञप्ति प्रकाशित गर्दै हिउँमा फसेका ३४ नागरिकसहित पाटन क्षेत्रमा रहेका सयौँ भेडाको उद्धार भएको जानकारी दिएका छन्।

हिउँमा ३६ जना फसेका थिए, जसमध्ये दुई जना २२ गते नै घर फर्किसकेका थिए। सेतोचिनी सङ्कलनका क्रममा बाक्लो हिउँ जमेर स्थानीयवासी फसेका थिए। तातोपानी गाउँपालिका-८ को गाग्रो पाटनको एडि, खोटीसल्ला र गाग्रोओढारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए।

पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको थियो। गाग्रा पाटनमा सेतो चिनी, खिरौलो जडीबुटी सङ्कलन गर्न गएका तातोपानी गाउँपालिका-८ की ३७ वर्षीय देवी शाही र तातोपानी-७ बारगाउँका ४६ वर्षीय मुन रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। रासस


प्रकाशित : बिहीबार , माघ २७ २०७८१०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend