बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

२ क्यासिनो बन्द गर्ने निर्णय हुँदा अर्बभन्दा बढी भुक्तानी नगर्ने ५ क्यासिनोलाई किन उन्मुक्ति?

images
बिहीबार , माघ २७ २०७८
images
images
२ क्यासिनो बन्द गर्ने निर्णय हुँदा अर्बभन्दा बढी भुक्तानी नगर्ने ५ क्यासिनोलाई किन उन्मुक्ति?

विभागले याक एन्ड यतीले ४२ करोड २५ लाख रुपैयाँ र ह्यापी आवर प्रालिले ३८ लाख १० हजार रुपैयाँ राज्यलाई बुझाउनु पर्ने रकम नतिरेको भन्दै बन्द गर्ने निर्णय गरेको छ।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै पुराना दुईवटा क्यासिनो बन्द गर्ने निर्णय गरेको छ। पर्यटन विभागले बुधबार मन्त्रिस्तरीय निर्णय भन्दै ह्यापी आवर प्रालि र याक एन्ड यतीमा सञ्चालन भएको रोयल क्यासिनो बन्द गर्ने निर्णय गरेको हो।

images
images

साथै विभागले क्यासिनोसँगै विभागबाट स्वीकृत नै नलिइ ह्यापी आवरलाई क्यासिनो सञ्चालन गर्न दिने नेपालगञ्जको ड्रिमलाइट होटल र याक एन्ड यती होटलसमेत बन्द गर्ने निर्णय गरेको हो।

images
images

विभागले क्यासिनो नियमावली २०७० जारी हुन भन्दा पहिलेदेखि नै सञ्चालनमा आएका र क्यासिनो नियमावलीसँगै लाइसेन्स खारेज भएपनि अदालतको आदेश ल्याउँदै सञ्चालनमा रहेको क्यासिनोले सरकारलाई तिर्नुपर्ने रकम भुक्तानी नगरेको भन्दै क्यासिनो सञ्चालन नै बन्द गर्ने निर्णय गरेको हो।

images
images

विभागले याक एन्ड यतीले ४२ करोड २५ लाख रुपैयाँ र ह्यापी आवर प्रालिले ३८ लाख १० हजार रुपैयाँ राज्यलाई बुझाउनु पर्ने रकम नतिरेको भन्दै बन्द गर्ने निर्णय गरेको छ।

याक एन्ड यतीले क्यासिनो सञ्चालन वापतको रकम  रोयल क्यासिनोसँग नै लिनुपर्ने र आफूूहरुले तिर्न नपर्ने भन्दै सर्वोच्च गएको थियो। तर सर्वोच्चले क्यासिनो लाइसेन्स होटलकै नाममा जारी भएको भन्दै होटलले नै रकम तिुर्नपर्ने फैसाल कार्यान्वयन गरेको विभागभले जनाएको छ। यता ह्यापी आवर प्रालि विषय भने अझै अदालतमै विचाराधिन छ।

तर ह्यापी आवरले प्रालिले अन्तरिम आदेशमा क्यासिनो सञ्चालन गर्दै आएपनि क्यासिनो लाइसेन्स खारेज हुन अगाडि र आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को क्यासिनो सञ्चालन वापतको रकम तिर्न बारम्बार सूचना जारी हुँदा पनि नतिरेको भन्दै क्यासिनो नै बन्द गर्ने निर्णय गरेको हो।

तर क्यासिनो नियमावली २०७० जारी हुन पुर्व सञ्चालनमा रहेको ८ वटा क्यासिनो मध्ये अदालतबाट मुद्दा हारेपछि मल्ल होटलले सबै बक्यौता भुत्तानी गरेको थियो।

सञ्चालनमा रहेको दुईवटालाई विभागले बन्द गर्ने निर्णय गरेको हो। अन्य पाँच वटा क्यासिनोको बक्यौता भने अझै उठन सकेको छैन।

क्यासिनो लाइसेन्स खारेज भइसेका क्यासिनो अहिले बन्द छन्। तर राज्यलाई भुक्तानी गर्नु पर्ने बक्यौता रकम भने तिरेका छैनन्।

५ वटामध्ये रोल्टी होटलमा क्यासिनो सञ्चालन गरेको दिनेशबहादुर विष्टले पनि क्यासिनो सञ्चालन गरे वापतको रकम भुक्तानी गरेका छैनन्। सोल्टी होटलले आफूले रकम तिर्ने दायित्व नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले ३ वर्षअगाडि नै सोल्टी होटलको दायित्व नहुने र दिनेशबहादुरबाट नै असुली गर्ने भनेको थियो। तर उक्त रकम अहिलेसम्म उठन सकेको छैन। दिनेशबहादुरले तिर्नुपर्ने रकम ९ करोड ३५ लाख ९६ हजार रुपैयाँ भइसेको छ।

यसैगरी बन्द नेपाल रिक्रियसन सेन्टर प्रालिका राकेश बाधवाको नाममा पनि ६ करोड  ८१ करोड ६४ लाख ७६ हजार रुपैयाँ भइसेको छ।

यसैगरी पियुष अमात्यको दी फूलबारी पोखराको नाममा पनि क्यासिनो सञ्चालन गरे वापतको राज्यलाई तिर्नुपर्ने रकम ३७ करोड ६४ लाख १६ हजार रुपैयाँ बाँकी छ। फुलबारी होटल नै बन्द छ।

यसैगरी एभरेष्ट होटलको नाममा पनि क्यासिनो सञ्चालन गरे वापतको सरकारलाई तिर्नुपर्ने रकम १५ करोड ८० लाख ३९ हजार रुपैयाँ छ। होटल सञ्चालनमा रहेपनि अहिले यो होटलमा क्यासिनो भने सञ्चालनमा छैन।

यसैगरी अन्नपूर्ण होटलको नाममा क्यासिनो सञ्चालन गरेवापत सरकारलाई तिुर्नपर्ने रकम १७ करोड ८४ लाख १५ हजार रुपैयाँ छ। अन्ना क्यासिनोको नामा सञ्चालिन क्यासिनोको मालिक तप्तबहादुर विष्ट हुने। तर अहिले बन्द अन्नूपर्ण होटलमा एटलान्टिक रिक्रिएसन प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको छ। पुरानो रकम न त क्यासिनो सञ्चालकले तिरेको छन न त होटलले नै। यो विषय पनि अहिले अदालतमै विचाराधिन छ। माथि उल्लेखित रकम २०७८ असारसम्मको साँवा र ब्याज समेत को हो।

यी क्यासिनोहरुसँग बाँकी बक्यौत असुलीका लागि कुमारी चोक तथा केन्द्रीय तहसिलको कार्यालयले २०७३ सालदेखि बारम्बार सूचना जारी गर्दै आएको थियो।

२०७८ असारसम्मको भुक्तानी हुन बाँकी क्यासिनोको रकम (क्यासिनो नियमावली २०७० जारी हुनुपूर्वको)

165b3fd4-915a-4e8f-a4b2-41513632a47a.jpg


प्रकाशित : बिहीबार , माघ २७ २०७८१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend