शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

खानेपानी अभावमा बागलुङको दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य

images
शुक्रबार, जेठ ९ २०८२
images
खानेपानी अभावमा बागलुङको दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य

२५ वर्ष पुरानो योजना जीर्ण बनेपछि ‘एक घर, एक धारा’ निर्माण प्रारम्भ भए पनि १० वर्षमा पनि पूरा नभएपछि स्थानीय आक्रोशित छन्।

images
images

बागलुङ- दश वर्षअघि बडिगाड गाउँपालिका दगातुन्डाँडामा प्रारम्भ भएको ‘एक घर, एक धारा’ योजना हालसम्म पूरा नहुँदा त्यहाँका तीनसय ८० परिवार काकाकुलको नियति भोग्न बाध्य छन्।

images
images
images

दगातुन्डाँडाका बासिन्दा खानेपानीकै कारण बसाइँ सर्न थालेका छन्। विसं २०४८ सालमा ल्याइएको खानेपानीको सार्वजनिक धारामार्फत सातसय घरपरिवार लाभान्वित गाउँमा २०७२ सालमा सोही खानेपानी मुहानमा तीनसय ८० घरलाई धारा पुर्‍याउन नयाँ योजना थालिएको थियो।

images
images

२५ वर्ष पुरानो योजना जीर्ण बनेपछि ‘एक घर, एक धारा’ निर्माण प्रारम्भ भए पनि १० वर्षमा पनि पूरा नभएपछि स्थानीय आक्रोशित छन्। 

images
images

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट नयाँ योजनामार्फत तीनसय ८० घरलाई खानेपानी पुर्‍याउने प्रयास प्रारम्भ भए पनि बजेट अभावमा १० वर्ष बित्दा पनि योजना पूरा नभएको हो। खानेपानी अभावमा स्थानीय बसाइँ हिँड्न थालेको दतातुन्डाँडाका पूर्वप्रधानपञ्च प्रेमलाल सापकोटाले बताए।

'तारेभिरको मुहानको खानेपानी १३ किलोमिटर तलको गाउँमा आएपछि दगातुन्डाँडावासीलाई २०४८ सालमा राहत मिलेको थियो, तर योजना २५ वर्ष पुरानो भएपछि ‘एक घर, एक धारा’ योजना ल्याइएको थियो। उक्त योजना थालेको १० वर्षसम्म पूरा भएन', पूर्वप्रधानपञ्च सापकोटाले भने।

स्थानीयको मागअनुसार वडाभर नै एक घर, एक धारा निर्माणका लागि योजना २०७२ सालमा थाले पनि बजेट अभावमा खानेपानी योजना अपूरै रहँदा समस्या भएको स्थानीय भीमलाल पोखरलले बताए।

दुर्लुङ, रायाँ, हमेल, नौतुवा, बेतनी, भट्टनी, थान, ढाँड, प्यालपोखरी, तुन्डाँडा, दगाको सबै गाउँ, जिमी, टुटीफेद र गहते गाउँका स्थानीयका तीनसय ८० घरमध्ये अहिले सम्म एकसय ६७ घरमा मात्र धारा पुगेको र पानी वितरणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सुदीप आचार्यले जानकारी दिए।

स्थानीयको श्रमदानसहित पाँच करोड रूपैयाँ लागत अनुमान गरिएको तारेभिर खानेपानी आयोजनामा हालसम्म दुई करोड ४५ लाख रूपैयाँ बजेट खर्च भइसकेको छ। आव २०७२/७३ देखि सुरु भएको योजनामा हालसम्म आठवटा पानी संकलन ट्यांकी, १३ किलोमिटर मुख्य पाइपलाइन, आठ किमी वितरण पाइपलाइन तयार भएको इञ्जिनियर आचार्यले बताए।

चालु आवमा एकसय ३५ घरमा धारा जडान गर्ने र तीनसय ८० घरमध्ये दुईसय ३५ घरमा पानी आपूर्ति गरिने उनले बताए। रासस


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend