मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपाल बैंकर्स संघद्वारा नवनियुक्त गभर्नर विश्वनाथ पौडेललाई बधाई

बिहीबार , जेठ ८ २०८२
नेपाल बैंकर्स संघद्वारा नवनियुक्त गभर्नर विश्वनाथ पौडेललाई बधाई

नेपाल राष्ट्र बैंकको नेतृत्वमा वित्तीय प्रणालीको मजबुतीकरणका लागि आगामी दिनमा थप प्रयास गरिने उनको प्रतिबद्धता छ।

काठमाडौं- नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले नवनियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग आज शिष्टाचार भेट गरेका छन्।

संघका पदाधिकारीहरूले गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिँदै बैंकिङ क्षेत्रलाई अझ सशक्त र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

भेटमा गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्रिय आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै विद्यमान चुनौतीहरू समाधान गर्न सबै सरोकारवालाको समन्वय र सहकार्य आवश्यक रहेको बताए।

नेपाल राष्ट्र बैंकको नेतृत्वमा वित्तीय प्रणालीको मजबुतीकरणका लागि आगामी दिनमा थप प्रयास गरिने उनको प्रतिबद्धता छ।

प्रकाशित : बिहीबार , जेठ ८ २०८२१७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend