शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर धितो कर्जामा थप कडाइ गर्ने हल्लाले सेयर बजारमा घट्दो ट्रेन्ड

सातामा ७५ अंकको गिरावट

images
बिहीबार , माघ २७ २०७८
images
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर धितो कर्जामा थप कडाइ गर्ने हल्लाले सेयर बजारमा घट्दो ट्रेन्ड
images
images

काठमाडौं- विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले आयातमा कडाइदेखि एकपछि अर्को निर्णय गर्दै जाँदा त्यसको असर सेयर बजारमा पनि परिरहेको छ।

images
images
images

जसका कारण चुनाव घोषणापछि पनि नेप्से परिसूचक लगातार घटिरहेको छ। सातामा कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार बढ्न सकेन। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासमेत गर्न लागेको छ। राष्ट्र बैंकले सेयर धितो कर्जामा थप कडाइ गर्ने त्रासले पनि सेयर बजार लगातार घटिरहेको विश्लेषक बताउँछन्। 

images
images

बिहीबार ११.९६ अंकले घटेर २८०१.५६ बिन्दुमा झरेको छ। बिहीबार कारोबार रकमसमेत घटेको छ। ६९ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ९५ लाख रूपैयाँको कारोबार भएको छ। 

images
images

यो साता समग्रमा बजार ७५.२५ अंकले घटेको छ। यो साता आइतबार ४०.५७ अंकले गिरावट आएको बजार सोमबार थामिएर १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको थियो। तर पुन: मंगलबार बजार १६.३० अंकले घटेर २८३५.५८ बिन्दुमा पुगेको थियो। यस्तै बुधबार नेप्से २२.११ अंकले घटेर २८३१.४७ बिन्दुमा रोकिएको थियो। 

गएको साता कारोबारको अन्तिम दिन बिहीबार १४.५८ अंकले घटेर बजार २८७६.७५ बिन्दुमा झरेको थियो। तर गएको साता आइतबार एकै दिन  १०५.५५ अंकले बजार बढ्दा साताभरको अवस्थालाई थामेको थियो। जसले समग्रमा गएको साता ९५.७५ अंकले बजार बढेको थियो। त्यसअघिको साता भने बजार १५१.३२ अंकले घटेको थियो। 

विदेशी मुद्रा सञ्चिति पनि लगातार घटिरहेको छ। कोभिड १९ का कारण एक वर्षसम्म आयात रोकिएको थियो। दुई वर्षको आयात एकै पटक हुँदा विदेशी मुद्राको सञ्चितमा पनि ठूलो दबाब परेको हो। वैदेशिक रोजगारी तथा अध्ययनमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्स पनि घटिरहेको छ। जसको असर बजारमा देखिन्छ। 

सेयर बजार घट्दो ट्रेन्डमा देखिए पनि विश्लेषकहरूले फागुनदेखि बजार सकारात्मक लयमा फर्कने बताउँदै आएका छन्। त्यसमा विशेष गरी चुनावको घोषणालाई नै केन्द्रमा राखिएको छ। केही चुनावबाहेक चुनावी वर्षहरूमा सेयर बजार उच्च अंकले बढेको तथ्यांकले देखाउँछ। खासगरी बजारको उकालो यात्रामा सहयोगी देखिने चुनावी वर्षको तथ्यांकले लगानीकर्ताको मनोविज्ञानमा परिवर्तनको आश देखाउँछ। 


प्रकाशित : बिहीबार , माघ २७ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend