मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा १९ अंकको वृद्धि, ९ अर्ब ८२ करोडको कारोबार

बिहीबार , जेठ ८ २०८२
सेयर बजारमा १९ अंकको वृद्धि, ९ अर्ब ८२ करोडको कारोबार

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

काठमाडौं- लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच लगातार घटिरहेको सेयर बजार यो साता भने वृद्धिउन्मुख देखिएको छ। 

यो साता पहिलो कारोबारमा घटेको बजार दोस्रो र तेस्रो कारोबारमा बढेको थियो। चौथो कारोबारमा बुधबार बजार राताम्य भएर बन्द भएपनि अन्तिम कारोबार दिन बिहीबार बजार पुन: वृद्धितर्फै लागेको छ।

बिहीबार १९.०४ अंकले बढेर बजार २६८८.५५ बिन्दुमा उक्लँदा ९ अर्ब ८२ करोड २० लाख रूपैयाँको कारोबार भएको छ। आज १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको घटेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

गतसाता सबै कारोबारमा घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको थियो। आइतबार २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा ओर्लिएको बजार सोमबार भने १९.३० अंकले बढेर २६२८.३६ बिन्दुमा पुगेको थियो।

मंगलबार बजार ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुग्दा ७ अर्ब ३१ करोडको कारोबार भएको थियो। बुधबार भने बजार वृद्धिको अपेक्षाविपरीत ७.९४ अंकले घट्दै २६६९.५१ बिन्दुमा ओर्लिँदा कारोबार भने १० अर्ब ६९ करोडको भयो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्।

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , जेठ ८ २०८२१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend