काठमाडौं- एमजीको विद्युतीय एसयूभी एस फाइभले युरो एनक्यापको क्र्यास टेष्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।
यसले एडल्ट अकुपेन्टमा ९० प्रतिशत, चाइल्ड अकुपेन्टमा ८२ प्रतिशत, सडक प्रयोगकर्ताको सुरक्षाका लागि ८२ प्रतिशत र सेफ्टी असिष्टमा ७८ प्रतिशत नतिजासहित ५ स्टार रेटिङ पाएको युरो एनसीएपीलले वेबसाइटमा राखेको छ। एमजीले एस फाइभको सेफ्टी रेटिङका लागि केही समयअघि नै आवेदन दिएको थियो। परीक्षण गरेर प्रतिवेदन तयार भएर प्रकाशित हुन भने केही समय लागेको हो।
एमजीले आफ्नो नयाँ विद्युतीय एसयूभी एस फाइभ युरोपेली बजारमा भन्दा पहिले नेपाली बजारमा बिक्रीका लागि दिएको थियो। चीनपछि एमजी एस फाइभ बिक्री हुने नेपाल पहिलो अन्तर्राष्ट्रिय बजारसमेत हो।
एमजी एस फाइभ ईभीमा अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरू रहेको छन्।
एमजी एस फाइभ ईभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन्। दुवै भेरियन्टमा ४९ किलोवाट प्रतिघण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम २ सय ५० न्यूटन मिटर टर्क उत्पन्न गर्छ।
डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित उपलब्ध गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्नेछ। यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउने कम्पनीले जनाएको छ।
प्रतिस्पर्धी मोडलको तुलनामा एमजी एस फाइभ किन पनि अब्बल छ भने यसमा रियर ह्वील ड्राइभ कन्फिगरेसन दिएइएको छ। पाँच स्वतन्त्र लिंक सस्पेन्सन प्रणाली र उन्नत इन्जिनियरिङ प्रयोग गरिएको छ, जसले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पुर्याउँछ।
पारामाउन्ट मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको एमजीको एस फाइभ तीन भेरियन्ट र ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सनसहित उपलब्ध छ।
एमजी एस फाइभ ईभी विशेषगरी मोडर्न र स्पोर्टी डिजाइनमा आधारित छ। एरोडाइनामिक सेप र फ्रेस डिजाइन एलिमेन्टसहित एस फाइभ ईभी बनेको छ। मोर भर्टिकल क्याबिन स्पेस, उत्कृष्ट क्याबिन स्पेसहित पर्यात लेग र हेड रुम एस फाइभमा उपलब्ध छ।
बर्न इलेक्ट्रिक प्योर ईभी प्लेटफर्म अर्थात एमएसपी (मोडुलर स्कलेवल प्लेटफर्म)मा आधारित रहेको छ। त्यस्तै एस फाइभ ईभीको महत्वपूर्ण कुरा रेयर ह्वील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअप हो।
९९ किलोवाट मोटर भएको एस फाइभले २५० एनएम टर्क जेनेरेट गर्छ। यो कारमा सीउटीएलले उत्पादन गरेको ४९ किलोवाट आवर एलएफपी ब्याट्री प्याक छ जसले ३ सय ४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ। त्यस्तै ६२ किलोवाट आवर ब्याट्री प्याक भएको एस फाइभले ४ सय ३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ।
हिटेड फ्रन्ट सिट भएको एस फाइभ ईभीको ग्राउन्ड क्लियरेन्स १ सय ८० एमएम रहेको छ। यो कारमा प्रयोग भएको ब्याट्री विश्वकै सबैभन्दा पातलो ब्याट्री प्याक करहेको कम्पनीले दाबी गरेको छ।
यसका साथै एमजी एस फाइभमा एमजी एप कनेक्टिभिटी रहेको छ। यसबाट तीन वर्षसम्म युट्युब, टिकटक, स्पोर्टफाइ र च्याट जीपीटी कनेक्ट हुनेछ।
एमजीले इन्ट्री भेरियन्टमा १७ इन्चको ह्वील रहेको छ भने माथिल्ला दुई भेरियन्टमा १८ इन्चको ह्वील उपलब्ध रहेको छ। एमजी एस फाइभको लम्बाइ ४४ सय ७६ एमएम, चौडाइ १८ सय ४९ र उचाइ १६ सय २१ एमएम रहेको छ।