शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

सहकारीको दूधलाई अनुदान

images
बिजनेस न्युज
images
सहकारीको दूधलाई अनुदान
images
images

गलकोट- बागलुङमा सहकारीमार्फत उत्पादनमा जोडिएका दुग्ध किसानले दूधमा प्रतिलिटर साढे दुई रुपैयाँ अनुदान पाउँदै आएका छन्। यसले गर्दा दुग्ध किसान उत्साहित भएका छन्।

images
images
images

जिल्लामा सहकारीमार्फत जोडिएर बजारीकरण गर्दै आएका किसानलाई गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहनस्वरुप अनुदान दिन थालेको हो। 

images

आठ सहकारीमार्फत किसानलाई अनुदान दिइरहेको केन्द्रले जनाएको छ। अनुदान पाउनका लागि ती सहकारीले दैनिक २ सय लिटर दूधको बजारीकरण गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। जिल्ला दूधमा आत्मनिर्भर रहेको छ। 

images

किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्नका लागि गत आर्थिक वर्षदेखि दूधमा अनुदान दिन थालिएको केन्द्रका पशु अधिकृत केशव शर्माले जानकारी दिए। 'गत वर्ष दूधमा अनुदान दिनका लागि ४१ लाख बजेट विनियोजन गरिएको थियो, तर जम्मा १८ लाखमात्रै अनुदान भुक्तानी भयो', उनले भने, 'यस आर्थिक वर्षमा समेत आठवटा सहकारीका तिनै किसानलाई भुक्तानी गर्ने गरी १८ लाख नै बजेट व्यवस्थापन गरेका छौँ, असारसम्म भुक्तानी भइसक्छ।'

images
images

दुग्ध सहकारीले किसानको दूधको रकम माग गरे चार–चार महिनामै मुक्तानी गर्न सकिने कार्यालयको भनाइ छ।  दैनिक २ सय लिटरभन्दा बढी दूधको कारोबार गर्ने बागलुङमा जम्मा आठ मात्रै सहकारी छन्। जिल्लाका १० पालिकामध्ये बागलुङ र जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका किसानले मात्रै उक्त अनुदान सुविधा पाइरहेका छन्। काठेखोलाको चार , बागलुङ र जैमिनी नगरपालिकाका दुई/दुई सहकारी मार्फत उत्पादित दूधमा अनुदान दिइएको पशु अधिकृत शर्माको भनाइ छ। 

दूधमा अनुदान पाउनका लागि मापदण्ड पुगेका आठ सहकारीले १८ लाख रकम प्राप्त गर्ने छन्। ती सहकारीले वार्षिक सात लाख ५० हजार लिटरभन्दा बढी दूधको उत्पादन र बजारीकरण गर्दै आएका छन्। दूधमा दिने अनुदान आगामी वर्षसमेत निरन्तरता पाउने भएकाले किसानलाई सहकारीमार्फत बजारीकरण गराउने दूधको परिणाम बढाउन केन्द्रले आग्रहसमेत गरेको छ। 

दूधको उत्पादनमा दिइने अनुदानले किसानलाई दूध ढुवानीका लागि सहज भएको जनाइएको छ। बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दीपक गौतमले  अनुदानबाट पशुपालक किसानलाई प्रत्यक्ष फाइदा पुगेको बताए। रासस

images

प्रकाशित : बिहीबार , माघ २७ २०७८०७:४८
प्रतिक्रिया दिनुहोस