मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

बैशाखमा १ खर्ब ६५ अर्बको वस्तु आयात, निर्यातमा ७२.७१ प्रतिशतको वृद्धि

बुधबार, जेठ ७ २०८२
बैशाखमा १ खर्ब ६५ अर्बको वस्तु आयात, निर्यातमा ७२.७१ प्रतिशतको वृद्धि

यस अवधिमा नेपालबाट करिब २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ।

गत आर्थिक वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो। गत आर्थिक वर्षको तुलनामा चालु आवको साउनदेखि बैशाख मसान्तसम्ममा आयात करिब १३.११ प्रतिशतले बढेको छ।

चालु आवको बैशाखमा मात्रै १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

यस अवधिमा नेपालबाट करिब २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको यसै अवधिमा १ खर्ब २६ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो।

गत वर्षको तुलनामा निर्यात ७२.७१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।

सोयाविन तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी निर्यात गरेकाले आयात तथा निर्यातको तथ्यांकमा सुधार देखिएको हो।


प्रकाशित : बुधबार, जेठ ७ २०८२१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend