बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

लोडसेडिङ भएको हल्लामात्र हो, सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ : ऊर्जामन्त्री खड्का

images
बुधबार, जेठ ७ २०८२
images
लोडसेडिङ भएको हल्लामात्र हो, सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ : ऊर्जामन्त्री खड्का

'विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक-पटक आएका छन्। हामीकहाँ बत्ती गयो भनेर सोध्छन्। त्यहाँ बुझ्दा सबैतिर बत्ती हुन्छ', उनले भने, 'पटक-पटक एउटै नम्बरबाट राति १२ बजे फोन गरेर लाइन गयो भन्ने, यस्तो नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ।’

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पछिल्लो समय लोडसेडिङबारे सामाजिक सञ्जालमा फैलिरहेको चर्चा नियोजित दुष्प्रचार भएको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री खड्काले विदेशबाट समेत फोन गरेर लोडसेडिङ भएको भन्दै गुनासो आउने गरेको बताए।

images
images
images

'विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक-पटक आएका छन्। हामीकहाँ बत्ती गयो भनेर सोध्छन्। त्यहाँ बुझ्दा सबैतिर बत्ती हुन्छ', उनले भने, 'पटक-पटक एउटै नम्बरबाट राति १२ बजे फोन गरेर लाइन गयो भन्ने, यस्तो नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ।’

images
images

उनले उत्पादन अभावका कारण लोडसेडिङ भएको नभइ प्रवाह अवरुद्ध हुँदा प्राधिकरणले कारणसहित सूचना सार्वजनिक गर्ने परिपाटी रहेको बताए। ‘उत्पादनको कमीकमजोरीले लोडसेडिङ भएको होइन, आवश्यकताअनुसार आयात गरेर भए पनि विद्युत् उपलब्ध गराइएको छ,’ उनले स्पष्ट पारे।

images
images

मन्त्री खड्काले लोडसेडिङसम्बन्धी चर्चा सामाजिक सञ्जालको हल्लामात्रै भएको दाबी गरे। उनले विद्युत् आपूर्ति रोकिने अवस्था नयाँ नभएको भन्दै अघिल्ला वर्षमा पनि हावाहुरी, असिना, पोल ढल्ने, दुर्घटना, मर्मतलगायत कारणले वार्षिक करिब ७ सय घण्टासम्म विद्युत् अवरुद्ध हुने गरेको तथ्यांक प्रस्तुत गरे। ‘यी सबै आकस्मिक कारण हुन्, योजनाबद्ध लोडसेडिङ भने अहिले छैन,’ उनले भने।

उनले अहिले देशमा विद्युत् उत्पादन बढ्दै गएकाले लोडसेडिङको सम्भावना समाप्त हुँदै गएको उल्लेख गरे। ‘अब आगामी दिनमा लोडसेडिङको अवस्था देखिँदैन, किनभने हामी उत्पादन बढाइरहेका छौँ,’ मन्त्री खड्काले भने।

उनका अनुसार यो हिउँदमा १ हजार ५ मेगावाट विद्युत् आयात गरिएको थियो भने अहिले अवस्था उल्टो भइसकेको छ। उनले भने, ‘अस्तिसम्म ३ सय ५० मेगावाट आयात गरेका थियौँ, आज भने १ सय ५० मेगावाट निर्यात गरेका छौँ।’ 

मन्त्री खड्काले उद्योगधन्दामा समेत अहिले पर्याप्त विद्युत् आपूर्ति भइरहेको बताए। उनले यो हिउँदमा केही समय समस्या भए पनि हाल उद्योगहरूलाई पुग्नेगरी विद्युत् वितरण गरिएको बताए। ‘आज रातिबाट उद्योगलाई पुग्नेगरी विद्युत् दिइएको छ र त्यसबाट उब्जिएको करिब डेढसय मेगावाट अहिले पनि निर्यात भइरहेको छ,’ उनले भने।

उनले आन्तरिक विद्युत् खपत समेत तीव्र रूपमा बढ्ने अनुमान गर्दै आगामी १० वर्षमा साढे १३ हजार मेगावाट पुग्ने प्रक्षेपण रहेको जानकारी दिए। सामाजिक सञ्जालमा भइरहेको हल्लाले जनतालाई भ्रममा पार्न सक्ने भन्दै उनले यथार्थमा आधारित सूचनाको प्रचारप्रसार गर्न आग्रह गरे। ‘सोसल मिडियाको दुरुपयोग भइरहेकाले सावधानी आवश्यक छ,’ ऊर्जामन्त्री खड्काले भने।


प्रकाशित : बुधबार, जेठ ७ २०८२१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend